काठमाडौँ- नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालको कालापानी क्षेत्र कब्जा गरेर बसेको भारतीय सेना तत्काल हटाउनु पर्ने बताएका छन्। मंगलबार एक वक्तव्य जारी गर्दै महामन्त्री सिंहले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेकोप्रति स्वागत गर्दै नेपालको कालापानी भूमि कब्जा गरेर बसेको भारतीय सेना तत्काल हटाउन पहल गर्न सरकारसँग माग गरेका हुन्।
नेपालको कालापानी क्षेत्रमा कब्जा गरेर बसेको भारतीय सेनालाई हटाउन सहासिक निर्णय गर्न सिंहले जोडदार माग गरेका छन्।
कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायत क्षेत्रको मुद्दालाई प्रभावकारी बनाउन संयुक्त राष्ट्रसंघ र अन्तराष्ट्रिय अदालतसम्म पुर्याई जनमत तयार गर्नु पर्ने विज्ञप्तिमा उल्लेख छ। नीति तथा कार्यक्रममा एमसीसीलाई समावेश गरिएको भन्दै सिंहले तत्काल हटाउन माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।