complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विपद्‍मा तीन तहका सरकार : सहकार्य कम, उपदेश बढी

64x64
महेश न्यौपाने बुधबार, जेठ ७, २०७७  ०७:११
1140x725

रोल्पा- संघीय सरकारले काठमाडौंमा रहेका नागरिकहरुलाई आ-आफ्नो घर फर्कन पाउने गरी दुई दिन समय छुट्याएको घोषणा गर्‍यो। विभिन्न कामको सिलसिलामा काठमाडौं आएर लकडाउनमा फसेका उनीहरु घर फर्कन नसकेको भन्दै संघीय सरकारले यस्तो निर्णय गरेको थियो। संघीय सरकारको यस्तो निर्णयमाथि प्रदेश सरकारले औंला ठड्याए। फलस्वरुप संघीय सरकार आफैंले गरेको निर्णयबाट पछि हट्नु पर्‍यो।

प्रदेश ५ सरकारको  सामाजिक विकास मन्त्रालयले विद्यालयहरुमा विद्यार्थी भर्ना लिन पाउने गरी निर्णय गर्‍यो। प्रदेश सरकारको उक्त निर्णय सबै स्थानीय तहसम्म पुग्यो। प्रदेश सरकारको निर्णय कार्यान्वयन नहुदै संघीय सरकारको शिक्षा मन्त्रालयले विद्यालयमा भर्ना नलिनु भन्ने परिपत्र गर्‍यो। संघीय सरकारको यो निर्णयले प्रदेश ५ सरकारको योजना कार्यान्वयन हुन पाएन।

संघीय सरकार र प्रदेश सरकारबीच तादम्यता नमिलेका निर्णयका उदाहरण हुन्, यी। संघीय सरकार र प्रदेश सरकारका यस्ता थुप्रै विरोधाभाष निर्णय भएका छन्, जसको प्रत्यक्ष मारमा उनीहरु होइन, जनतासँग प्रत्यक्ष जोडिएका स्थानीय तहहरु परे। संघ र प्रदेश सरकारका यस्ता विरोधाभास निर्णयबाट हैरान भएका रोल्पाका स्थानीय तहले उनीहरुको गलत रवैयाको खुलेर आलोचना गर्न थालेका छन्।

'प्रदेश र संघीय सरकारले नीति बनाउने र स्थानीय तहलाई जबर्जस्त घोक्रेठ्याक लगाउने काम गरेका छन्', रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीले भने, 'गाली खाने पनि हामी, काँध थाप्ने पनि हामी भएका छौं। संघ र प्रदेशको भूमिका देखिएन।'

बजेट भएर पनि सामान खरिद गर्न नमिल्ने नीतिले कोरोनाको संत्रासमा समेत स्थानीय तहले कानुनी अड्चन भोग्दै आएको नगर प्रमुख केसी बताउँछन्। कोरोनासँग सम्बन्धित विषयको सबै खर्च स्थानीय तहले गर्दै आएको बताउँदै उनले प्रदेश र संघीय सरकारले संकलन गरेको ठूलो बजेट कहाँ खर्च हुन्छ भन्दै प्रश्न गरे।

संघ र प्रदेश सरकारको तादम्यता नमिल्दा स्थानीय तहले दुःख पाएको बुझाई छ, सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनको पनि। कोरोनको संकटको बेला संघ र प्रदेश सरकारको भूमिका सन्तोषजनक नभएको उनी बताउँछन्। हातेमालो गर्नुपर्ने संकटको बेला संघ र प्रदेशले उपदेश दिने काम मात्रै गरेको उनको अनुभव छ।

विदेशमा कोरोनाको त्रास फैलिँदै गर्दा नेपालमा त्यसको रोकथामका लागि तयारी गर्ने समय प्रशस्तै भए पनि संघ र प्रदेश सरकारले त्यस्तो अवसर र समय गुमाएको परिवर्तन गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीको भनाई छ। 'संघ र प्रदेश सरकारले जनता, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मन जित्न सकेनन्', उनी भन्छन्।

मन्त्रीले सस्तो लोकप्रियताका लागि काठमाडौंबाट मान्छे पठाइदिने तर स्रोत भने नपठाउने कार्यले स्थानीय तह मर्कामा परेका छन्। 'सबै भार स्थानीय तहलाई दिएर प्रदेश र संघीय सरकारले के गरिरहेका छन्?', त्रिवेणी  गाउँपालिका अध्यक्ष शान्तकुमार वलीको गुनासो छ।

Ncell 2
Ncell 2
nimb
nimb

संघीय सरकारका मन्त्रीले मान्छे पठाउने र स्थानीय सरकारले पाल्नुपर्ने बाध्यता भएको सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको बताउँछन्। बजेट र जनशक्तिको अभाव व्यहोर्दै भगवान भरोसामा स्थानीय तहले काम गरिरहेको उनी बताउँछन्। संघ र प्रदेशको व्यवस्थित योजना नभएका कारण स्थानीय तहले दुःख पाएको उनको आरोप छ।

कतिपय स्थानीय तहले सबै समस्या आफूहरुमा मात्रै ठोकिएको अनुभव गरेका छन्। माडी गाउँपालिकाअध्यक्ष नन्दबहादुर पुनका अनुसार, देशका विभिन्न जिल्लामा रहेका आफ्ना जनतालाई ल्याउने काम निरन्तर चलिरहेको बेला भारत र तेस्रो मुलुकबाट समेत थप मान्छे ल्याउने कुराले स्थानीय तहहरु धान्नै नसक्ने खर्चमा परिरहेका छन्। स्थानीय तहलाई संघ र प्रदेशले सहयोग गर्नुपर्ने उनको सुझाब छ।

प्रदेश सरकारबाट प्रत्येक स्थानीय तहका लागि १०/१० लाख बजेट  पठाउने बाहेक अन्य कुनै सहयोग नहुनु दुःखद् भएको स्थानीय सरकारहरुको भनाई छ। कोरोना कोषका लागि छुट्याइएको बजेट खर्च भइसकेको बताउँदै आगामी दिनमा कसरी खर्च धान्ने भन्ने कुराले चिन्तित बनाउने गरेको उनीहरु बताउँछन्।

कोरोनासँग जुध्नका लागि प्रदेश र संघीय सरकारले वैज्ञानिक योजना बनाउनुपर्ने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाको भनाइ छ। कोरोनासँग लड्नका लागि संघ, प्रदेश र स्थानीय तहको समन्वयात्मक भूमिकाले मात्रै कोरोना महामारीबाट लड्ने शक्ति पैदा हुने प्रमुख बुढाको भनाई छ। कोरोना संक्रमणका विरुद्ध लड्न अहिलेसम्म स्थानीय तहले खेलेको भूमिका प्रशंसनीय रहेको बुढा बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रोल्पामा १ नगरपालिका सहित १० स्थानीय तह छन्। आन्तरिक आय निकै कम भएका उनीहरुको वार्षिक बजेटको ठूलो हिस्सा संघ  र प्रदेश सरकारको अनुदानले धानेको छ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  ०७:११
  • #स्थानीय_सरकार
  • #तीन_तहका_सरकार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित स्प... बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पे... बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण स्थानीय तहसँगको समन्वयमा पहिचान भएका बाढीपीडित परिवारलाई दोहोरो राहत नपर्ने गरी एकद्वार प्रणालीमार्फत रकम उपलब्ध गराइएको सरकारले जना... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्