काठमाडौं- राष्ट्रिय सभाबाट पनि आर्थिक वर्ष २०७७ /७८ को नीति तथा कार्यक्रम पारित भएको छ। नीति तथा कार्यक्रममा राष्ट्रियसभामा तीन वटा संशोधन प्रस्ताव दर्ता भए पनि पारित भएको हो।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका तर्फबाट अनिता देवकोटासहित, शेखरकुमार सिंह र प्रमिला कुमारीले संशोधन प्रस्ताव पेश गरेका थिए। प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सांसदहरुले सोधेको प्रश्नमा जवाफ दिएका थिए।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा बोल्दै नीति तथा कार्यक्रमले सबै पक्षलाई समेटेको दाबी गरेका थिए। भ्रष्टाचार नियन्त्रण गर्न, कोरोनाबाट जनतालाई बचाउन सरकारले काम गरिरहेको दाबी उनको थियो।
सरकारले लिपुलेक र कालापानीको भाग समेटेर नक्सा जारी गर्ने ऐतिहासिक निर्णय गरेको र भूमि पनि फिर्ता ल्याउने उनले बताए।
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पनि पारित भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।