काठमाडौ- जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्टीकरण सुन्दा आफ्ना कमीकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट नदेखिएको बताएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टाराईले प्रधानमन्त्रीको व्याख्या सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखिएको टिप्पणी गरेका छन्। ‘प्रमको ३ घण्टाको स्पष्टीकरण सुन्दा वहाँमा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन‚’ उनले प्रधानमन्त्रीको व्याख्या सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखिएको बताउँदै भने‚ ‘कोरोना, राष्ट्रियता, लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो। लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।