काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाका विषयमा चीनसँग पनि कुराकानी अघि बढेको संसदमा जानकारी गराएका छन्। सांसदले उठाएको जवाफमा प्रधानमन्त्री ओलीले नेपाल-चीनबीच सीमा समस्याबारे वार्ता सुरु भइसकेको बताए।
भारतलाई जस्तै चीनलाई पनि डिप्लोम्याटिक नोट पठाए/नपठाएको जिज्ञासा सांसदले राखेका थिए। चीनसँग सीमाबारे भएको छलफलबारे उनले भने, ‘हाम्रो सरकारी अधिकारीले चीन सरकारका प्रतिनिधिसँग कुरा गर्नुुभएको छ।’
चीन सरकारका अधिकारीले परम्परागत तीर्थयात्रा र ट्रेडबारे भारतसँग कुरा गरिएको जानकारी दिएको बताए। नेपालसँगको वार्तामा तीर्थयात्रा र व्यापारका लागि भारतसँग केन्द्रित रहेको चीनले बताएको बताए। सीमाका सन्दर्भमा भारतलाई पनि चीनले जानकारी गराएको प्रधानमन्त्रीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।