काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लडाईंको बेला गरिएको सम्झौताले कायम गरेको नेपाली भूमि अतिक्रमिण गर्ने भारतीय कार्य स्वीकार्य नहुने बताएका छन्।
संसदमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले लडाईंको बेला गरिएको सम्झौतालाई वर्तमानमा भारतले उल्लंघन गरेको बताए। उनले भने, ‘आज यस्तो परिस्थितिमा थिचिमिचो ग्रहणीय र स्विकार्य हुँदैन।’
भारतसँग शताब्दी सुहाँउदो सम्बन्ध विकसित गर्न चाहेको उनले बताए। सांसदले उठाएको जवाफमा प्रधानन्त्री ओलीले मित्रभावका रुपमा भूमि फिर्ता गर्न आग्रह भारतसँग आग्रह गरे। भूमि फिर्ता गर्ने कार्य सजिलो नभएको समेत उनले बताए।
भारतले अतिक्रमण गरेको क्षेत्रका बासिन्दाले विसं.२०१८ सालअघि नेपालमा मालपोत तिरेको तथ्य समेत प्रस्तुत गरे। लिम्पियाधुरा कालापानी, लिपुलेक नेपाली भूमि भएको उल्लेख गर्दै ओलीले नेपालको मानचित्रमा परिवर्तन हुने बताए।
विगतमा दुवै देशबाट गल्ती भएको भए इतिहासको गल्ती सच्याउन तयार हुनुपर्ने उनले बताए। गल्ती कायम रहन दिनु हुँदैन। आ-आफ्नो भूमि चर्चिने।
अशोकाले बनाएको भारतको प्रतिक चिन्हमा उल्लेखित ‘सत्यमेव जयते’मा नेपालले विश्वास गर्ने उनले बताए। सत्यमेव जयतेकै आधारमा नेपाली भूमि फिर्ता गरिने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।