काठमाडौं- सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाले पारित गरेको छ। नीति तथा कार्यक्रममा नेपाली काग्रेस, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, समाजवादी जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण र स्वतन्त्र सांसद दुर्गा पौडेलले संशोधन दर्ता गरेका थिए।
तीनवटै प्रस्ताव सदनबाट बहुमतले अस्वीकृत भएको थियो। सभामुख सापकोटाले संशोधनलाई निर्णायार्थ पेश गरेका थिए। संशोधन बहुमतले अस्वीकृत भएपछि सभामुख सापकोटाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम निर्णयका लागि पेश गरेका थिए। उक्त प्रस्तावमा सत्ता पक्षका सांसद सर्मथन गर्दै बहुमतले पारित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।