काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चल्ते चलाते लोकतन्त्र नभई जनताका सबै अधिकार प्राप्त हुनेमा विश्वास गर्ने बताएका छन्। सरकारको नीति तथा कार्यक्रममा पनि ती कुरा समेट्ने प्रयास गरेको उनले बताए।
‘हामी सबैलाई सम्बोधन गर्ने कुरामा काम गरिरहेका छौं’, उनले भने, ‘हामीले चल्दे चलेते लोकतन्त्र भनेका होइनौं। राजनीति स्वतन्त्रता भएको मात्र होइन, जनताको समग्र अधिकार प्राप्त हुने र पूर्ण प्रेस स्वतन्त्रता दिने सरकारको विश्वास हो।’
प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले छुन र देख्न मात्र होइन, उपभोग नै गर्न पाइने लोकतन्त्रमा विश्वास गर्ने बताए।
बेरोजगारहरुलाई रोजगारी दिने कुरामा सरकार ध्यान दिनुका साथै शारिरीक रुपमा अशक्त, गरिब, श्रमको अपेक्षा गर्न नसकिनेहरुलाई सरकारले जिम्मा लिने उनले बताए।
त्यस्तै, प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि विश्व नै तयार नभएको जनाएका छन्।
उनले भाइरस उत्पति भएर फैलिने क्रममा विश्वको तयारी नभएको बताएका हुन्। उनले भने,‘लड्न सक्ने तयारीमा विश्व नै छैन। कहाँबाट देखा पर्यो त विवाद छ।’
नेपालमा संक्रमण देखिनुमा बाहिरबाट आएकाबाट भएको बताए। कोरोना नेपालमा देखिने स्रोत विदेशबाट बाहिरबाट मार्फत भएको बताए। नेपालमा समुदायबाट संक्रमण हुनेको संख्या अत्यन्तै न्युन रहेको बताए।
भारतबाट आउनेहरुबाट पछिल्लो समय संख्या बढेको उनले बताए। उनले भने, ‘भारतबाट संक्रमित भएर आउनेले संख्या बढेको छ। लुकेर बस्ने, खुरुखुर घर गइदिने, क्वारेन्टाइनमा नबसिदिने गर्दा संख्या बढेको छ।’
प्रधानमन्त्री ओलीले ४०३ संक्रमित संक्रमित भएको जानकारी सदनमा गराए। औपचारिक पुष्टि हुन भने बाँकी छ।
सरकारले उच्च सर्तकता अपनाएको उनले दाबी गरे।
ओलीले देशमा महामारीलाई रोक्न लकडाउन गरिरहेको समयमा केही तत्वले राजनीतिक अस्थिरता गराउने प्रयास गरेको आरोप लगाएका छन्। उनले जनता लकडाउनमा बसिरहँदा केहीले यस्तो कार्य गरेको टिप्पणी गरे। ‘सरकारले कोरोना रोक्न लागू गरेको लकडाउनको पालना नेपाली जनताले गम्भीरतापूर्वक पालना गरे’, प्रधानमन्त्री ओलीले भने, ‘तर केहीकेहीले यसभित्र राजनीति गर्ने, अस्थिरता पैदा गर्न खोज्ने र सरकारको असफलता रुची राख्नेहरु खेल्न खोजे। उनीहरुको प्रतिक्रिया छोड्ने हो भनेर हामीले सपफलता पाएका छौ।’
प्रधानमन्त्री ओलीले ज्यान कसैले नगुमोस् भन्ने सरकारको प्रयास असफल भएको बताएका छन्।
सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले वर्तमान समय असहज र असामान्य अवस्थामा रहेको औंल्याए।
कोरोना संक्रमणमा मृत्यु भएका दुईमा अन्य रोगको संक्रमण पनि देखिएको उल्लेख गरे। उनले भने, ‘अन्य जटिलताले निधन भएको पनि हुन सक्छ। विश्व स्वास्थ्य संगठनले कोरोना पनि जोडिएको भए कोरोनाले मृत्युसँग जोडेकाले त्यसै रुपमा लिनुपर्छ।’
सरकार सकेसम्म बढी परीक्षण गर्ने र भरपर्दो रुपमा क्वारेनटाइनमा र आइसोलेनमा राख्ने ध्यानमा लागेको प्रधानमन्त्री ओलीले बताए। ‘यसलाई अझै व्यवस्थित र भरपर्दो बनाउनुपर्ने छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।