• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोरोना संकटको गम्भीरता सरकारले बुझ्न सकेन

डिला संग्रौला सोमबार, जेठ ५, २०७७  १८:३४
1140x725

देश अहिले ज्यादै संकटमय अवस्थाबाट ग्रजिरहेको छ। विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट देश नै आक्रान्त भई लकडाउन भएको पनि करीब दुई महिना नजिक पुगिसकेको छ। जनजीवन पूर्णतया अस्तव्यस्त छ।

अर्थव्यवस्था ओरालो लागेको छ। लाखौँ श्रमिकहरू आफ्नो रोजीरोटी गुमाएर भोकभोकै रहनुपर्ने अवस्था सिर्जना भएको छ। तर दुर्भाग्य नै भन्नुपर्छ‚ जेठ २ गते नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमले देशको सामु उपस्थित संकटलाई सम्बोधन गर्नु त परको कुरा, समस्याको गम्भीरता बुझ्न समेत असफल भएको छ। यो नीति तथा कार्यक्रम एकजना अल्छी विद्यार्थीले हतारमा लेखेको पट्यारलाग्दो निबन्धजस्तो छ।  

राज्यको दायित्व के हो‚ आफ्ना नागरिकहरुप्रति र नागरिकहरुको दायित्व के हो राज्य र मुलुकप्रति? विदेशबाट फर्कन तम्तयार नेपालीहरू हुन् वा नेपालमै पसिना चुहाइरहेका किसान र मजदूर, अब कसैले पनि न्यून गुणस्तरको शिक्षा वा स्वास्थ्य सेवामा चित्त बुझाउनेवाला छैनन्। भ्रष्टाचार र अनियमितता सहनेवाला छैनन्। पैसा खर्च गरेर चुनाव लड्ने र चुनाव जितेपछि फेरि पैसा उठाउने मूल मन्त्रमा आधारित राजनीति अब जनताले मान्नेवाला छैनन्।  त्यसैले अहिलेको संकटबाट देशलाई निकास दिने हो भने हामी एउटा नयाँ ‘सोशल कन्ट्रयाक्ट’ एउटा नयाँ ‘सामाजिक सम्झौता’मा जानुपर्छ। 

त्यसो भएकाले आगामी जेठ महिनाको १५ गते प्रस्तुत गरिने बजेटमा व्यापक सहमति जुटाई प्राथमिकता किटान गरी यथार्थ धरातलमा बजेट ल्याउनुपर्छ। 

नेकपा सरकारमा छ र औजार पनि उसको हातमा छ। त्यसैले उसको जिम्मेवारी धेरै छ। संसारभरिका धेरै देशले कोरोनाका कारण आम्दानी गुमाएका मजदुरलाई स्वरोजगार तथा अप्ठ्यारोमा परेका व्यवसायीहरुलाई जोगाउन आर्थिक पुनरूत्थानका लागि राहत प्याकेज ल्याइसकेका छन्। हालैमात्र भारत सरकारले बीस लाख करोड भारुको पुनरूत्थान कोष प्याकेज ल्याएको छ।

अमेरिकाले पनि यसअघि तीन ट्रिलियन अमेरिकी डलरको स्टिमुलस कार्यक्रम घोषणा गरिसकेको छ। त्यस्तै अष्ट्रेलिया, बेलायत तथा युरोपेली मुलुकहरुले विभिन्न चरणमा आर्थिक स्टिमुलस प्याकेज ल्याइसकेका छन्। तर नेपाल सरकारले लकडाउन सुरु भएको करीब दुई महिना हुँदा पनि कुनै राहत प्याकेज घोषणा गरेको छैन। आफूलाई सर्वहारा वर्गको प्रतिनिधि ठान्ने वा चिनाउने सरकारले सयौँ किलोमिटर भोकभोकै हिँड्ने मजदुरको पक्षमा यो नीति तथा कार्यक्रमले एक शब्द पनि बोलेको छैन। उनीहरुलाई ६ महिनादेखि एक वर्षसम्मका लागि राहत प्याकेज घोषणा गरिनुपर्दछ।

रोग रोकथाम र नियन्त्रणका लागि सेन्टर फर डिजिटल कन्ट्रोलको स्थापना‚ औषधि, औजार, उपकरणका साथै विभिन्न सुविधा सम्पन्न अस्पतालको निर्माण गर्ने भनेतापनि अहिले कोभिड–१९ को संक्रमणले पार्ने प्रभावको बारेमा यो सरकारले बुझ्न सकिरहेको छैन। उल्लेखित कार्यक्रमहरु कर्मकाण्डीमात्रै छन्। त्यसैले आजको आवश्यकता कोरोनाको लागि बेग्लै, अन्य स्वास्थ्य उपचार गर्ने बिरामीहरुको लागि भौतिक पूर्वाधारको संरचनाका साथै आवश्यक जनशक्ति र स्वास्थ्य सामग्रीहरुको लागि विशेष नीति र कार्यक्रम ल्याइनुपर्दछ।

कोरोनाका कारणले स्वदेशको रोजगारीमा संकुचन आउनुका साथै विदेशबाट फर्कने कामदारहरुको रोजगारीमा केही हदसम्म नीति तथा कार्यक्रमले आँकलन गरे पनि विदेशबाट फर्कने मजदुरलाई ग्रामीण क्षेत्रमा कसरी फर्काउने भन्नेबारे मौन देखिन्छ। विदेशबाट आएको जनशक्तिलाई व्यावसायिक कृषि, भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, उद्योग व्यवसायमा लगाउने घोषणा गरिए पनि ती क्षेत्रमा थप रोजगारी कसरी सिर्जना गर्ने भन्ने योजना यो नीति तथा कार्यक्रममा प्रष्ट देखिँदैन। केवल आकर्षक नारा ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नाराले मात्र महिनौंदेखि सडकमा पैदलै हिँडेर गाउँ पुगेको मजदुरको समस्याको विषयलाई यसले समाधान गर्न सक्दैन। 

nimb
nimb
Ncell 2
Ncell 2

कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरिने घोषणा गरेको भएता पनि आफ्ना आधारभूत आवश्यकता पूरा नभएर कृषिबाट विस्थापित भई शहर पसेका वा विदेश पुगेका जनशक्तिलाई कसरी पुनः कृषि कार्यमा स्थापित गर्ने भन्ने विषयमा नीति तथा कार्यक्रम मौन रहेको देखिन्छ।

नीति तथा कार्यक्रममा स्पष्ट रुपले कसरी औद्योगीकरण गर्ने भनिएको छैन, केवल शब्दजालले मात्र भरिएको छ। कुन उद्योगलाई प्राथमिकता दिई रोजगारी बढाउने हो, सो सम्बन्धमा नीति तथा कार्यक्रम अस्पष्ट छ। यस्तो अवस्थामा औद्योगिक क्रान्ति कसरी हुन्छ। 

नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षा कायम गर्ने भनिएता पनि कसरी गुणस्तर कायम गर्ने भन्ने विषयमा बोलिएको छैन। केवल नयाँ नयाँ विश्वविद्यालय खोल्नुभन्दा खोलिएका विश्वविद्यालयहरुमा पठनपाठनको गुणस्तरमा आमूल सुधार ल्याउनुपर्छ। एसइई तथा विश्वविद्यालयका परीक्षाहरु रोकिएका छन्। यसलाई कसरी समाधान गर्ने भन्ने विषय पनि बोलिएको देखिँदैन। स्कूल कलेजहरुले सबस्ट्यान्डर्ड तरिकाले अनलाइन क्लास सञ्चालन गरिराखेका छन्। सबैसँग इन्टरनेट,  कम्प्युटरको पहुँच छैन। यी समस्याको बारेमा नीति तथा कार्यक्रम मौन छ।  

आम्दानीको अनुपातमा खर्च कटौती गर्नुपर्नेमा नीति तथा कार्यक्रम यसबारे मौन देखिएको छ। हाल अर्थ व्यवस्था ओरालो लाग्दै गरेको अवस्थामा उत्पादनमा वद्धि हुन सकेको छैन। मन्त्रीमण्डल घटाउने, करोडौं पर्ने गाडीहरु नकिन्ने, अनावश्यक आयोग, परिषद् खारेज गर्ने र सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन लागू गर्ने कुरा नीति तथा कार्यक्रममा हुनुपर्दथ्यो। सांसद विकास कोषको रकमलाई खारेज गरी कोरोना महामारी कोषमा स्थानान्तरण गरी  नागरिकहरूको बाँच्न र स्वास्थ्य उपचार गर्न पाउने नैसर्गिक अधिकारको संरक्षण गर्न आवश्यक छ। 

सरकारले अन्तर्राष्ट्रिय सीमा सुरक्षा र संरक्षण गर्ने प्रतिबद्धता जनाए पनि छिमेकी भारतले लिम्पियाधुरा, लिपुलेक र कालापनी क्षेत्रलाई भारतको नक्सामा गाभ्दासमेत ठोस कूटनीतिक पहल गर्न नसकेको र हाल सोही क्षेत्रबाट चीनको मानसरोवर जाने सडक भारतले उद्घाटन गर्दासमेत सरकारले ऐतिहासक सन्धी, नक्सा, तथ्य तथा प्रमाणका आधारमा यो नेपालकै भूमी हो भनी नक्सा जारी गर्न नसक्दा राष्ट्रियताको सवालमा सरकारमाथि प्रश्नवाचक चिह्न उठेको छ। कूटनीतिक पहल कदमी गरिसकेपछि मात्र छुटेको भूमिको नक्सा जारी गरिनेछ भन्ने कुराले सरकार राष्ट्रियता संरक्षण गर्न चुकेको आभास हुन्छ।

स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार एवं नेपाल ट्रष्ट ऐन नै संशोधन गराएर यती समूहलाई  गोकर्ण रिसोर्टको जग्गा लिजमा दिनेजस्ता कार्यले सरकारको सुशासनप्रतिको प्रतिबद्धताको नारा केवल देखावटी नारामा सीमित हुन पुगेको छ।

ठूल्ठूला अनियमितता र नीतिगत भ्रष्टाचारमा आँखा चिम्लेको सरकारले नीति तथा कार्यक्रममा भने भ्रष्टाचार नियन्त्रणको चर्को नारा अघि सारेको छ। सरकारको कुनै पनि तहमा कुनै पनि स्वरुपको भ्रष्टाचार सहँदैन भन्ने नारा व्यवहारमा मेल खाँदैन। जस्तो केही साताअघि स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार एवं नेपाल ट्रष्ट ऐन नै संशोधन गराएर यती समूहलाई  गोकर्ण रिसोर्टको जग्गा लिजमा दिनेजस्ता कार्यले सरकारको सुशासनप्रतिको प्रतिबद्धताको नारा केवल देखावटी नारामा सीमित हुन पुगेको छ।

सरकारले नीति तथा कार्यक्रममा समेत समृद्ध नेपाल, सुखी नेपालीको नारा राखेको छ तर वास्तविक रुपमा समृद्ध नेपाल र सुखी नेपालीको सट्टा मुलुक भने गरीब नेपाल, दुःखी नेपालीमा परिणत हुँदै गएको छ। उद्यमशीलता, रोजगारी, उत्पादनमा वृद्धि, नेपालको समृद्धि भन्ने नारा ल्याएको सरकारले कोरोनाको कारण थला परेका औद्योगिक क्षेत्रलाई पुनरूत्थान गर्ने विषयमा केही उल्लेख गरेको छैन। आर्थिक पुनरूत्थानको साटो सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको सपनामा रहेका जलमार्ग र रेलमार्गजस्ता परियोजनामा जोड दिएको देखिन्छ, तर तत्काल नेपालमा जलमार्ग सञ्चालनको अध्ययनसमेत भएको छैन। 

चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर साढे ८ प्रतिशत हुने सरकारको प्रक्षेपण थियो तर वर्षको पहिलो र दोस्रो त्रैमासिक नै निराशाजनक रह्यो। केन्द्रीय तथ्यांक विभागका अनुसार वर्षको पहिलो त्रैमासिकमा ४.५५ प्रतिशत, दोस्रो त्रैमासिकमा ६ प्रतिशत वृद्धिदर थियो। कोरोनाका कारण अब अर्थतन्त्रमा संकट पैदा हुँदैछ। आर्थिक वृद्धिदर डेढ प्रतिशतमा सीमित हुने विश्व बैँकको अनुमान छ। तर यो नीति तथा कार्यक्रमले अहिले संकटमा रहेको अर्थतन्त्रलाई माथि उकास्न  खासै कुनै योजना ल्याएको छैन। 

होटेल रेष्टुरेन्टलगायतका पर्यटन क्षेत्र ओरालो लाग्ने क्रम जारी छ। पर्यटन क्षेत्र बन्द हुँदा ११ लाखभन्दा बढी कामदारहरु रोजगारविहीन हुँदैछन्। कोरोनाको कारण मारमा परेको पर्यटन व्यवसायको पुनरूत्थानको लागि नीति तथा कार्यक्रममा केही उल्लेख भएको पाइँदैन। नेपाल भ्रमण वर्ष २०२० कोभिड–१९ को महामारी कारणले स्थगित गर्नुपरेको नीति तथा कार्यक्रममा उल्लेख भएता पनि पर्यटन क्षेत्रमा अब के गर्ने भन्ने विषयमा मौन रहेको छ। 

(संग्रौला नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य हुन्।)

प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १८:३४
  • #Novel Corona Virus
  • #dilasangraula

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति मंगलबार, भदौ २, २०८३
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’ मंगलबार, भदौ २, २०८३
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय मंगलबार, भदौ २, २०८३
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण मंगलबार, भदौ २, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्