काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) का कारण आमा गुमाएका सिन्धुपाल्चोकका शिशुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सहयोग गर्ने भएका छन्।
नवजात शिशुका लागि पौष्टिक आहार खुवाउन तुरुन्त ५० हजार रुपैयाँ र पछि १२ कक्षासम्म निःशुल्क शिक्षालगायत उच्च शिक्षा पश्चात् रोजगारी समेतको जिम्मा लिने बस्नेतले शिशुका बुबालाई बचन दिएका हुन्।
जन्मेको ९ दिनमै नवजात शिशुका आमाको निधन भएको थियो। परिक्षणका क्रममा २९ वर्षीय ती महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। जुन नेपालमा कोरोनाका कारण पहिलो मृत्यु हो।
विश्वव्यापीरुपमा फैलिरहेको कोरोना संक्रमणबाट नेपालमा सिन्धुपाल्चोक बाह्रबिसेकै नागरिकको पहिलो मृत्यु हुनु सिन्धुबासी र समग्र देशकै लागि दुःखद भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।