काठमाडौं- नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या ३ सय ४ पुगेको छ।
सोमबार बिहान ८ बजेर ४५ मिनेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचना अनुसार पछिल्ला संक्रमितहरु रौतहट र बारा जिल्लाका हुन्। जसअनुसार, रौतहट इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्ष पुरुषहरु छन्। त्यस्तै, रौतहट माधवनारायण नगरपालिका वडा नम्बर ३ का २८ वर्षीय महिला छिन्। साथै, बारा करैयामाई-५ निवासी ३८ वर्षीय पुरुष छन्।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी सूचना अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
नेपालमा संक्रमण पुष्टि भएकामध्ये ३६ जना अहिले संक्रमणमुक्त भएका छन्। २ जनाको भने मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।