• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सांसद अपहरण : थप प्रमाण प्राप्त भए अनुसन्धान गर्नेगरी तामेलीमा

64x64
नेपाल लाइभ सोमबार, जेठ ५, २०७७  ०८:३८
1140x725

काठमाडौं- समाजवादीका सांसद डा सुरेन्द्र यादव अपहरण प्रकरणमा प्रहरीको रायको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले थप प्रमाण प्राप्त भएमा पुनः अनुसन्धान हुने सक्नेगरी तामेलीमा राख्ने निर्णय गरेको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख हरि रेग्मीले हाललाई अनुसन्धान तामेलीमा राखिएको बताए।

‘पछि प्रमाण प्राप्त भएको अवस्था र निवेदकले प्रमाण उपलब्ध गराएमा अनुसन्धान यही बिन्दुबाट गर्नेगरी पुनः जगाउने गरी तामेलीमा राखिएको छ’ प्रमुख रेग्मीले भने‚ ‘हालसम्मको अनुसन्धानबाट जे जे प्रमाण उपलब्ध भए र प्रहरीको प्रतिवेदन प्राप्त भयो त्यहीअनुसार यस्तो निर्णय भएको हो।’  तर प्रमाण प्राप्त भएको दिनमा पुनः अनुसन्धान हुन सक्ने उनले बताए। अनुसन्धान नै समाप्त नभएकाले मुद्दा चल्ने भन्दा पनि अनुसन्धान चाहीँ रोकिएको उनले बताए। 

पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत रहेका समाजवादी पार्टी (राष्ट्रिय जनता पार्टीसँग एकता गरी जनता समाजवादी पार्टी बनाउने घोषणा भइसकेको) का सांसद डा सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धानको फाइल सरकारी वकिल कार्यालय काठमाडौंमा आइतबार प्रहरीले  पेश गरेको थियो। 

प्रहरीले भने अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयमा पेश गरेको दाबी गरेको थियो। तर सरकारी वकिलको कार्यालयले भने अनुसन्धान नै पूर्ण नभएको भन्दै तामेलीमा राखेको छ। 

सांसद अपहरणबारे उजुरी दिन टेकु पुग्दा प्रहरीले जाहेरी लिएको थिएन। जाहेरी नलिएपछि सरकारी वकिल कार्यालयमा यादवसहितको टोली पुगेको थियो। सरकारी वकिल कार्यालयले गत वैशाख २२ गते प्रहरीले जाहेरी गर्न नमानेको विरुद्धको उजुरी दर्ता गर्दै प्रहरीलाई जाहेरी दर्ता गरेर अनुसन्धान गर्न निर्देशन दिएको थियो।

सरकारी वकिल कार्यालयबाट निर्देशन आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उक्त घटनाको अनुसन्धान सुरु गरेको थियो। गत वैशाख २६ गते काठमाडौंबाट प्रहरी निरीक्षक देवी पौडेल नेतृत्वको टोली सांसद अपहरण भए भनिएको जिल्ला महोत्तरीमा गएको थियो।

मुद्दा शाखाका प्रहरी निरीक्षक पौडेलको टोली अनुसन्धान सकेर गत वैशाख ३० गते काठमाडौं फर्किएको थियो।

शुक्रबार अपराह्न काठमाडौंबाट महोत्तरी गएको टोलीले गत शनिबार बिहान सांसद यादवको महोत्तरीको सम्सीस्थित घर पुगेर मुचुल्का उठाएको थियो। मुचुल्कासँगै यादवको परिवारको सदस्यसँग समेत सोधपुछ गरिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

अपहरण प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेकपाकै सांसद कृष्णकुमार श्रेष्ठ (किसन) र गुन्डा नाइके नवीन बस्नेत सांसद डा यादवको घर पुग्दाको अवस्था, त्यहाँको विवरणलगायतका विषय समावेश गरी प्रहरीले मुचुल्का उठाएको थियो।

सांसद डा यादवको घरमा मुचुल्का उठाइसकेपछि उनीहरू बसेको तथा खाना खाएको भनिएको बर्दिबासस्थित गौतम होटलमा पुगेर प्रहरीले मुचुल्का उठाएको थियो।

शनिबार सांसद यादवको घर र गौतम होटलको मुचुल्का उठाइसकेपछि प्रहरी निरीक्षक पौडेलको टोली जनकपुर गएको थियो। अपहरण प्रकरणमा साक्षी रहेका जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवसँग समेत प्रहरीले बयान लिएको थियो।

नेता यादवलाई प्रहरी निरीक्षकको टोलीले दुई घण्टासम्म सोधपुछ गरेको थियो। सांसद यादवलाई जनकपुरबाट काठमाडौं लैजाने क्रममा सबैभन्दा पहिला उनले नेता शेषनारायणलाई फोन गरेर जानकारी गराएकाले उनीमाथि सोधपुछ गरिएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जनकपुर र महोत्तरीको काम सकिएपछि यादवलाई काठमाडौं ल्याउँदा खाना खाएको भनिएको सिन्धुलीस्थित होटलमा समेत गएर प्रहरीले सोधपुछ गरेको थियो।

त्यस्तै महोत्तरी गएकै दिन सांसद यादवलाई राखिएको काठमाडौंको नक्सालस्थित मेरियट होटलमा प्रहरीले मुचुल्का उठाएको थियो। 

यी सम्पूर्ण अनुसन्धानबाट अपहरण भएको प्रमाण फेला नपरेको भन्दै मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन प्रहरीले बुझाएको छ।  तर सरकारी वकिलको कार्यालयले भने मुद्दा चलाउने चरणमा नै नपुगेको भनेर तामेलीमा राखेको छ। अनुसन्धान पुरा हुनका लागि त अपहरण गरेको आरोप लागेका व्यक्तिको बयानलगायत कार्य हुनुपर्ने तर त्यो चरणमै  नपुगेकाले अनुसन्धान प्रमाण नपुगेको र थप प्रमाण प्राप्त भएमा अनुसन्धान गर्ने निर्णय गरेर तामेलीमा राखिएको सरकारी वकिलको रायमा उल्लेख छ।

तामेलीमा राखेका मुद्दाहरु पछि जागेका धेरै उदाहारणहरु रहेका छन्। एभरेष्ट होटलका मालिक मस्कुर अहमद  लारीको लागू औषध मुद्दा पनि धेरै वर्ष तामेलीमा रहेर पुनः जागेको थियो। त्यस्तै नेपाली कांग्रेसका नेता मोहमद आलमको मुद्दा पनि तामेलीबाट जगाएर पुनः अनुसन्धान गरिएको थियो। इट्टा भट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका सांसद आलम अहिले पुर्पक्षका लागि थुनामा रहेका छन्।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  ०८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
कहाँ छन् रवि लामिछाने? लामिछाने कात्तिक ६ गतेदेखि तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भन्दै भारत प्रस्थान गरेका थिए। आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको उच्च माग रहेको र कोषको स्रोत सीमित रहेको अवस्थामा पनि नेपालद्वारा प्रस्तुत त... आइतबार, कात्तिक ८, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्