काठमाडौं- छिमेकी देश भारतमा ९५ हजार ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार सर्वाधिक संक्रमण देखिएका देशहरुको सूचीमा भारत ११औं स्थानमा छ। भारतभन्दा अघि क्रमशः इरान, टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, ब्राजिल, बेलायत, रुस र अमेरिका छन्।
भारतमा मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ। त्यहाँ ३ हजार २५ जनाको मृत्यु भइसकेको छ। सर्वाधिक मृत्यु हुने देशको सूचीमा भारत १६औं स्थानमा छ।
भारतमा ३६ हजार ७ सय ९५ जना संक्रमणमुक्त भएका छन्।
विश्वभर कोरोना : ४७ लाख १० हजार संक्रमित, ३ लाख १५ हजारको मृत्यु
विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४७ लाख १० हजार ६ सय १४ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १४ लाख ८६ हजार ३ सय ७६ छ।
त्यस्तै, रुसमा २ लाख ८१ हजार ७ सय ५२, बेलायतमा २ लाख ४४ हजार ९ सय ९५, ब्राजिलमा २ लाख ४१ हजार ८०, स्पेनमा २ लाख ३० हजार ६ सय ९८, इटालीमा २ लाख २५ हजार ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ३ लाख १५ हजार २३ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ८९ हजार ५ सय ५० जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, बेलायतमा ३४ हजार ७ सय १६, इटालीमा ३१ हजार ९ सय ८, फ्रान्समा २८ हजार १ सय ११, स्पेनमा २७ हजार ५ सय ६३, ब्राजिलमा १६ हजार १ सय १८ को मृत्यु भइसकेको छ।
विश्वभर १७ लाख ३२ हजार ३ सय ४४ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुने देशको सूचीमा पनि अमेरिका नै अगाडि छ। त्यहाँ २ लाख ७२ हजार २ सय ६५ संक्रमणमुक्त भएका छन्।
त्यस्तै, जर्मनीमा १ लाख ५४ हजार ११, स्पेनमा १ लाख ४६ हजार ४ सय ४६, इटालीमा १ लाख २५ हजार १ सय ७६, टर्कीमा १ लाख ९ हजार ९ सय ६२ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा २ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये २ जनाको मृत्यु भएको छ। त्यस्तै, ३६ जना भने अहिले संक्रमणमुक्त भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।