काठमाडौं- विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४७ लाख १० हजार ६ सय १४ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १४ लाख ८६ हजार ३ सय ७६ छ।
त्यस्तै, रुसमा २ लाख ८१ हजार ७ सय ५२, बेलायतमा २ लाख ४४ हजार ९ सय ९५, ब्राजिलमा २ लाख ४१ हजार ८०, स्पेनमा २ लाख ३० हजार ६ सय ९८, इटालीमा २ लाख २५ हजार ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ।
छिमेकी देश भारतमा ९५ हजार ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ। सर्वाधिक संक्रमण देखिएका देशहरुको सूचीमा भारत ११औं स्थानमा छ। भारतभन्दा अघि क्रमशः इरान, टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, ब्राजिल, बेलायत, रुस र अमेरिका छन्।
विश्वभर ३ लाख १५ हजार २३ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ८९ हजार ५ सय ५० जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, बेलायतमा ३४ हजार ७ सय १६, इटालीमा ३१ हजार ९ सय ८, फ्रान्समा २८ हजार १ सय ११, स्पेनमा २७ हजार ५ सय ६३, ब्राजिलमा १६ हजार १ सय १८ को मृत्यु भइसकेको छ।
भारतमा मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ। त्यहाँ ३ हजार २५ जनाको मृत्यु भइसकेको छ। सर्वाधिक मृत्यु हुने देशको सूचीमा भारत १६औं स्थानमा छ।
विश्वभर १७ लाख ३२ हजार ३ सय ४४ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुने देशको सूचीमा पनि अमेरिका नै अगाडि छ। त्यहाँ २ लाख ७२ हजार २ सय ६५ संक्रमणमुक्त भएका छन्।
त्यस्तै, जर्मनीमा १ लाख ५४ हजार ११, स्पेनमा १ लाख ४६ हजार ४ सय ४६, इटालीमा १ लाख २५ हजार १ सय ७६, टर्कीमा १ लाख ९ हजार ९ सय ६२ जना संक्रमणमुक्त भएका छन्।
भारतमा ३६ हजार ७ सय ९५ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा २ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये २ जनाको मृत्यु भएको छ। त्यस्तै, ३६ जना भने अहिले संक्रमणमुक्त भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।