काठमाडौं- सर्वोच्च अदालतले नागरिकता वा अन्य परिचय खुल्ने कागजात नभए पनि महामारी पीडित नागरिकलाई राहत उपलब्ध गराउन भनेकाे छ। सर्वाेच्चले आइतबार सरकारका नाममा यस्ताे अन्तरिम आदेश जारी गरेको हाे।
न्यायाधीशद्वय दीपकुमार कार्की र हरि फुँयालको संयुक्त इजलासले महामारीको अवस्थामा प्रत्येक व्यक्तिले सम्मानपूर्वक बाँच्न पाउने हकको सम्मान गर्न भनेकाे छ।
नागरिकता तथा परिचयपत्र खुल्ने कागजात अभावमा नागरिकको संविधानप्रदत्त बाँच्न पाउने हक खाेस्न नमिल्ने सर्वाेच्चकाे आदेशमा उल्लेख छ। अदालतले सरकारले दिने राहत बिना भेदभाव प्रदान गर्नु पर्ने उल्लेख गरेको छ।
कतिपय व्यक्तिको कानुनी उल्झनका कारण नागरिकता नहुँदा राहत नपाएको भन्दै अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनले रिट दायर गरेका थिए। बाँच्न पाउने नागरिककाे माैलिक हक भएकाले यसमा परिचय पत्रका आधारमा भेदभाव गर्न नमिल्ने रिटमा जिकिर गरिएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।