काठमाडौं- सरकारले कोरोना संक्रमणको महामारीसँग जुध्न गरिएको लकडाउन लम्बिँदै जाँदा गाउँ- गाउँमा उत्पादकत्वमा असर पर्ने भन्दै उनीहरूलाई सुरक्षितसाथ काम गर्न दिने तयारी गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता, अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्।
औपचारिक निर्णय भइनसकेकाे तर यसबारे छलफल भइरहेको छ उनले बताए। मन्त्री खतिवडाले धेरै मान्छे क्वारेन्टाइनमा रहँदा उत्पादकत्व खेर जान सक्ने र अत्यावश्यक वस्तु उत्पादनदेखि गुजारामा समेत समस्या आउन सक्ने भएकाले उनीहरूलाई काममा जोड्ने तयारी सुरू गरिएको बताए।
क्वारेनटाइनमा बसेकालाई सुरक्षित रुपमा स्वास्थ्य सुरक्षा अपनाएर काममा जाेड्ने उनले उल्लेख गरे। अबकाे लकडाउन माेडलबारे उच्चस्तरीय समितिले निर्णय गर्ने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।