काठमाडौ- सरकारले जेठ २० गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जेठ २० गतेसम्म लकडाउन लगाउने निर्णय गरिएको एक मन्त्रीले बताए।
यसअघिको लकडाउन सोमबार सकिदैछ।
आइतबार नै बसेको उच्चस्तरीय समितिको बैठकले जेठ २० गतेसम्मका लागि लकडाउन लगाउने सुझाव दिएको थियो। समितिले दिएको सुझावका आधारमा मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन कयम राख्ने निर्णय गरेको हो।
सरकारले चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।