काठमाडौं- नेपालमा थप ३ जनामा कोभिड-१९ पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणअनुसार ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
मन्त्रालयद्वारा विज्ञप्तिका अनुसार धनकुटा निवासी ३४ वर्षीया महिला‚ मोरङ‚ विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरूषमा करोना संक्रमण देखिएको हो। सबैको अवस्था सामान्य रहेको मन्त्रालयले उल्लेख गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।