काठमाडौं- सेलपे सेवा मार्फत कोरोना भाइरसविरुद्धको बीमा गर्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा सेलपे सेवका ग्राहकहरुले हाल विश्वभरी भैलिरहेको कोरोना भाइरसविरुद्धको बीमा सुविधा सेल पे मोबाइल वा वेब एप्लिकेशनमार्फत सरल र सहज रुपमा वास्तविक समयमा खरिद गर्ने सक्नेछन्।
सेल पेले सगरमाथा इन्स्योरेन्स कम्पनी मार्फत कोरोना भाइरसको बीमा पोलिसी खरिद गर्नसक्ने व्यवस्था मिलाएको हो। ग्राहकले आफ्नो आवश्यकताअनुसार व्यक्तिगत बीमा वा पारिवारिक बीमा रोज्न सक्नेछन्।
सेलपेका ग्राहकहरुले बीमा गर्नका लागि आफ्नो सेल पे एपमा गएर कोभिड- १९ आइकन क्लिक गरी सजिलै आफ्नो आवश्यकताअनुरुप व्यक्तिगत बीमा वा पारिवारिक बीमा वास्तविक समयमा खरिद गरी रकम भुक्तानी गर्न सकिनेछ।
कोरोना बीमा खरिद गरेको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ। १५ दिनको प्रतिक्षा अवधि सकिएपछि कोही व्यक्तिमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएमा पुष्टि हुनेबित्तिकै बीमा रकमका लागि दाबी गर्न सकिनेछ। यो बीमाको अवधि एक वर्षको हुनेछ। भाइरस पोजेटिभ पुष्टि भएमा यो बीमा योजनाको सुविधा लिन सक्नेछन्। ग्राहकहरुले एक लाख रुपैयाँसम्मको कोरोना भाइरसविरुद्ध बीमा गराउन सक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।