काठमाडौं- नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मुलुक बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ३ सय ३१ पुगेको छ।
बहराइनस्थित नेपाली दूतावासका अनुसार आइतबारसम्म ३ सय ३१ नेपालीमा कोरोना संक्रमण भएको छ।
संक्रमितहरुको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ। बहराइनमा कोरोना संक्रमणको अवस्था बढ्दै गएको छ। त्यहाँ कुल ६ हजार ७ सय ४७ जनामा कोरोना संक्रमण भएको छ। कोरोनाका कारण १२ जनाको ज्यान गएको छ भने २ हजार ७ सय ६२ निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।