काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउने क्रम सुरु भएको छ। शनिबार सिन्धुपाल्चोककी एक सुत्केरी महिलाले ज्यान गुमाएकी थिइन् भने आइतबार क्वारेनटाइनमा बसेका बाराका एक पुरुषले ज्यान गुमाएका छन्।
कोरोना भाइरस २८ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३६ जना उपचारपछि निको भएका छन्। ३ सय ४६ जना अहिले पनि आइसोलेसनमै रहेका छन्। काठमाडौं उपत्यकामा ३९ र उपत्यका बाहिर ३११ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सबैभन्दा धेरै संक्रमित प्रदेश २ मा रहेका छन्। प्रदेश २ मा २ सय १२ जना संक्रमित रहेका छन् भने १ सय २२ जना आइसोलेसनमा रहेका छन्। प्रदेश २ पछि प्रदेश पाँचमा धेरै संक्रमित रहेका छन्। प्रदेश ५मा १ सय ९ जना संक्रमित रहेका छन् भने १ सय १७ जना आइसोलेसनमा रहेका छन्। बागमती प्रदेशमा १७, सुदूरपश्चिम प्रदेशमा ५ र गण्डकी प्रदेशमा ३ जना संक्रमित रहेका छन्।
हालसम्म बागमती प्रदेशको सिन्धुपाल्चोक र प्रदेश पाँचको बाँकेमा एक जनाको मृत्यु भएको छ। कर्णाली प्रदेशमा हालसम्म संक्रमित भेटिएका छैनन्।
|
प्रदेश
|
संक्रमित
|
आइसोलेसन
|
मृत्यु
|
|
प्रदेश १
|
३६
|
२४
|
-
|
|
प्रदेश २
|
१२१
|
१२२
|
-
|
|
बागमती
|
१७
|
७१
|
१
|
|
गण्डकी
|
३
|
३
|
-
|
|
प्रदेश ५
|
१०९
|
११७
|
१
|
|
सुदूरपश्चिम
|
५
|
११
|
-
|
|
कर्णाली
|
-
|
-
|
-
|
| |
|
|
|
|
|
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।