काठमाडौं- कोरोना भाइरस उच्चस्तरीय संयन्त्रले सरकारले लागू गरेको लकडाउनका कारण सक्रमितको संख्या धेरै बढ्न नपाएको निष्कर्ष निकालेको छ।
उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले सुरक्षा व्यवस्था अझै कडाइ गर्ने निर्णय गरेको सचिव नारायण विडारीले बताए। लकडाउनको समयमा संक्रमितको संख्या वृद्धि भएको र केही दुःखद खबर आएको बारेमा पनि उच्चस्तरीय संयन्त्रमा छलफल भएको उनले बताए।
समितिको २५ औं बैठक सिंहदरबारमा बसेको थियो। ‘लकडाउन र सुरक्षाका विषयमा आज विस्तृत छलफल भएको छ’ उनले भने‚ ‘यदि बन्दाबन्दी नभएको थियो भने धेरै बढ्ने थियो।’ त्यस्तै समितिले पालिकामा रहेको क्वारेन्टाइन अझ व्यवस्थित गर्ने कुरा भएको उनले बताए।
सुरक्षा व्यवस्थालाई अझै प्रभावकारी गृहमन्त्रालयले गर्ने निर्णय गरेको उनले बताए। सुरक्षाकर्मीलाई सुुरक्षित राख्न अझ कडाइ गर्ने र अत्यावश्यक वस्तुलाई कमी हुन नदिने निर्णय गरेको उनले बताए। लकडाउन थप गर्ने विषयमा मन्त्रिपरिषदले निर्णय गर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।