काठमाडौं– नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या दुई पुगेको छ। बाँकेस्थित नरैनापुर क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बाँकेका मृतक युवाको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको बताएका हुन्।
आइतबार बिहान मृत्यु भएका युवालाई राती वाकवाकी लागेको बताइएको छ।
भारतबाट भागेर आएका युवालाई क्वारेन्टाइनमा राखिएको थियो। नरैनापुरमा रहेका दुई क्वारेन्टाइनमा ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो। क्वारेन्टाइनमा डेढ सय बढी रहेको बताइएको छ।
अन्यको शनिबार स्वाव संकलन गरिएको बताइएको छ। यसअघि हिजोमात्र सिन्धुपाल्चोककी एक महिलाको पनि कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।