काठमाडौं- लकडाउनमा सवारी चलाउन उद्योगीले सवारी पास लिन अनिवार्य रुपमा कर चुक्ता प्रमाण पत्र बुझाउनु पर्ने भएको छ।
काठमाडौं जिल्ला प्रशासनसँगै सरकारको निर्णयका आधारमा उद्योगी व्यवसायीले सावरी सञ्चालनका लागि लिइने सवारी पासका लागि अनिवार्य कर चुक्ता प्रमाण पत्र बुझाउनु पर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको भनाइ छ।
विभागमा महानिर्देकश नेत्रप्रसाद सुवेदीले पनि सवारी पासका लागि अनिवार्य रुपमा कर चुक्ता प्रमाण पत्र बुझाउनु पर्ने बताए। ‘सरकारी निर्णयअनुसार सवारी पासका लागि कर चुक्ता प्रमाण पत्र मागिएको हो,’ महानिर्देशक सुवेदीले भने, ‘विभागले लकडाउन अगाडिसम्मको कर तिरेको चुक्ता प्रमाण पत्र खोजको हो। लकडाउन पछिको हामीले मागेका छैनौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।