काठमाडौं- कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाएकी सिन्धुपाल्चोक राम्चेकी महिला सुत्केरी हुनुपूर्व बस्दै आएको टोखा नगरपालिका वडा नम्बर ९ लाई सिल गरिएको छ। सिल गरिएको उक्त क्षेत्रमा स्वास्थ्य मन्त्रालयको टोली स्वाब संकलन गर्न जाँदैछ।
कोरोनाका कारण ज्यान गुमाएकी ती महिला काठमाडौंमा बस्दै आएको घरका मानिस र मृतक महिलाका मामालीको स्वाब संकलनका लागि स्वास्थ्य मन्त्रालयको टाली आउन लागेको टोखा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जेपी नेपालले नेपाल लाइभलाई बताए।
‘हामीले मृतक महिला बसेको घरका घरबेटी र त्यहीँ घरमा डेरा गरि बस्ने अन्यको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘त्यसका लागि स्वाथ्य मन्त्रालयको टोली आउने क्रममा रहेको छ भने टोखा नगरपालीकाकी उपमेयरसमेत फिल्डमै हुनुहुन्छ।’
पहिलो चरणमा १७ जनाको स्वाब संकलन गर्ने तयारी रहेको नेपालले जानकारी दिए। सुरुमा मृतक महिलाको मामालीतर्फका ५ जना र १२ जना घरबेटी र अन्य डेरागरि बस्नेहरुको स्वाब संकलन गरि कोरोना परीक्षणका लागि पठाउन लागेको उनको भनाइ छ।
स्वाब संकलन गरिएकाको रिपोर्ट आएपछि दोस्रो चरणमा अन्य छिमेकीहरुको र टोलका सम्भावितहरुको परीक्षण गरिने नेपालले बताए। ‘अहिले नै सबैको स्वाब संकलन गर्न हामस्सँग किट पनि पर्याप्त छैन,’ उनले भने, ‘पहिलो चरणमा स्वाब संकलन गरिएकाको रिपोर्ट आएपछि त्यही अनुसार अघि बढ्न सजिलो पनि हुन्छ।’
मृतक महिला काठमाडौंमा छँदा बसेको क्षेत्र टोखा नगरपाकिा ९ गोंगबु चोकबाट बसपार्क जाने काभ्रे डेरीदेखि अरुण डेरीसम्मको बाटोमा पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।