काठमाडौं- नेपाल राष्ट्र बैंकले १५ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिन अवधिको दुई अर्ब रुपैयाँ, १८२ दिन अवधिको ११ अर्ब ८५ करोड रुपैयाँ र एक वर्ष अवधिको एक अर्ब ८९ करोड रुपैयाँको सरकारी ऋणपत्र जारी गर्ने भएको हो। लगानीकर्ताले अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन्।
उक्त सरकारी ऋणपत्रको बोलकबोल जेठ ५ गते साँझ तीन बजे खुला गरिनेछ। ९१ दिन अवधिको सरकारी ऋणपत्र भदौ दुई गते परिपक्व हुनेछ। त्यस ९१ दिन अवधिको सरकारी ऋणपत्र मंसिर २ गते र एक वर्ष अवधिको सरकारी ऋणपत्र २०७८ साल जेठ २ गते परिपक्व हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।