काठमाडौं– सरकारले लकडाउन थप्ने तयारी गरेको छ। लकडाउनको समयावधि थप्ने निर्णय गर्न मन्त्रिपरिषदको बैठक आइतबार (आज) साँझ ५ बजे बोलाइएको छ।
काठमाडौं उपत्यकामा संक्रमण देखिएपछि राजधानीमा समेत लकडाउन कडाई गरिएको छ। उपत्यकामा लकडाउन खुकुलो गर्ने पूर्व निर्णयबाट सरकारपछि हटेको छ। उपत्यका तथा आसपासका जिल्लामा समेत संक्रमित देखिएपछि लकडाउनलाई थप कडाईका साथ अवधि बढाउने तयारीमा सरकार लागेको छ।
साँझ बस्ने मन्त्रिपरिषद बैठकले १० देखि १५ दिनसम्म लकडाउन अवधि बढाउने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।