काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्या ९० हजार ६ सय ४८ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार सर्वाधिक संक्रमण देखिएका देशको सूचीमा भारत ११औं स्थानमा छ।
सूचीमा सबैभन्दा माथि अमेरिका छ। अमेरिकामा १४ लाख ६६ हजार ६ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। अमेरिकापछि क्रमशः रुस, बेलायत, ब्राजिल, स्पेन, इटाली, फ्रान्स, जर्मनी, टर्की, इरान तथा भारत छ।
भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २ हजार ८ सय ७१ पुगेको छ। सर्वाधिक मृत्यु हुनेको देशको सूचीमा भने भारत १६औं स्थानमा छ।
भारतमा हालसम्म ३४ हजार २ सय २४ संक्रमित संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।