काठमाडौं- शनिबार कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएका दुई व्यक्ति सैनिक रहेको पुष्टि भएको छ।
उनीहरु नेपाली सेनाको मध्यपूर्वी पृतनामा कार्यरत रहेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार महोत्तरी निवासी ५२ वर्षीय र काभ्रे निवासी २६ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको थियो। मन्त्रालयले कोरोना देखिएको भनेका यी दुई व्यक्ति सैनिक रहेको पुष्टि भएको हो।
उनीहरुलाई उपचारका लागि सशस्त्र प्रहरी बलको काठमाडौं बलम्बुस्थित अस्तालमा उपचारका लागि लगिने सेनाले जनाएको छ। उनीहरुमा कोरोना संक्रमण देखिएपछि उनीहरुसँग सम्पर्क रहेका अन्य व्यक्तिको समेत निगरानी सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।