काठमाडौं– नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाललाई बधाई तथा शुभकामना दिएका छन्। आईजिपीमा नियुक्त भएपछि एक अर्कालाई बधाई दिने प्रचलनअनुसार उनी प्रहरी प्रधान कार्यालय पुगेका छन्।
कार्यक्रममा दुई आईजिपीबीच सहकार्यको विषयमा पनि छलफल भएको थियो। विगतमा दुई संगठनबीच सम्बन्ध राम्रो हुन नसकेको अवस्थामा उनीहरुले सम्बन्ध सुधारको प्रयास समेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।