काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष साक्षर नेपाल घोषणा गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारले आगामी आवको ल्याएको नीति तथा कार्यक्रम वाचन गर्दै यस्तो बताएकी हुन्।
यस्तै सरकारले आगामी वर्ष विश्वविद्यालको पाठ्यक्रम समयानुकुल परिवर्तन गर्ने समेत उल्लेख छ। यसैगरी, विश्वविद्यालयको अनुसन्धान कार्यक्रमलाई थप बलियो बनाउने सरकारको दाबी छ।
सबै विद्यालय उमेर समूहका विद्यार्थीलाई विद्यालय भर्ना गराउने र कक्षामा टिकाउन जोड दिइने समेत सरकारको नीति हुने बताइएको हो। विद्यालयस्तरमा विज्ञान विषयलाई रुचिकर बनाउने रणनीति समेत लिइने सरकारको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।