काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले पहिरो प्रकोप सेन्टर स्थापनाको प्रक्रिया अघि बढाएको छ। बाढी– पहिरो आउनुभन्दा पहिले नै जानकारी दिन यस्तो सेन्टर स्थापना गर्न लागिएको छ।
नेपाल–जापान मैत्रिपुर्ण जलजन्य प्रकोप न्युनिकरण संघ(एनएफएडी) का महासचिव टोसीओ मोरी सेन्टर निर्माणका लागि आफुहरुल सहयोग गर्ने बताएका छन्।
शुक्रबार उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनसँगको भेटमा उनले यस्तो भएका हुन्। सिंहदरवारस्थित उर्जामन्त्रालयमा शुक्रवार भएको भेटवार्तामा नेपालको पहिरो नियन्त्रण र विपद व्यवस्थापनका विषयमा छलफल भएको थियो।
महासचिव मोरीसंगको भेटमा उर्जामन्त्री पुनले जापान र नेपालको बीचमा लामो समयदेखी मैत्रिपूर्ण सम्बन्ध रहेको भन्दै नेपालको विकासमा जापानले निस्वार्थ गरेको सहयोगको प्रशंसा गरेका छन्। ागामी दिनमा समेत जापानसंगको सम्बन्ध अझै सुमधुर हुने विश्वास उनको छ।
भेटमा नेपालमा प्रत्येक वर्ष बाढी र पहिरोका कारण हुने धनजनको क्षतीलाई कम गर्ने उपायका बारेमा समेत छलफल भएको थिया ।
उर्जामन्त्री पुनसंगको भेटमा महासचिव मोरीले पहिरो आउनुभन्दा पहिले जानकारी दिने प्रविधि भित्राउनुपर्नेमा जोड दिएका थिए। पहिरो नियन्त्रणका लागी सहयोग गर्न आफुहरु तयार रहेको भन्दै त्यसका लागी पहिरो प्रकोप सेन्टर स्थापना गर्न मन्त्री पुनलाई सुझाव दिएका थिए।
जवाफमा मन्त्री पुनले पहिरो प्रकोप सेन्टर स्थापनाबारे आफु सकरात्मक रहेको भन्दै त्यसका लागी सम्बन्धीत निकायसंग छलफल गरेर छिट्टै सरकारले निर्णय गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।