• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेट निर्माणको अन्तरकथा : स्रोत छैन, साढे १५ खर्बमा जोड

64x64
सविन मिश्र शुक्रबार, जेठ २, २०७७  ०९:३०
1140x725

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडा आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि चालु आर्थिक वर्षको सुरुवाती विनियोजनको तुलनामा केही ठूलो आकारको बजेट निर्माणको तयारीमा जुटेका छन्। स्रोतको चरम अभावका बीच अर्थमन्त्री खतिवडा र उनको बजेट निर्माण टिम १५ खर्ब ५० अर्ब रूपैयाँ हाराहारीको बजेट निर्माणमा लागेको हो। 

मन्त्री खतिवडाले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि गत जेठ १५ गते १५ खर्ब ३२ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेका थिए। यद्यपि बजेटको अर्धवार्षिक समीक्षामार्फत वास्तविक खर्च १३ खर्ब ८५ अर्ब रूपैयाँमात्रै हुने प्रक्षेपण गरिएको छ। 

चालु वर्षको ८ महिना १० दिनपछि कोरोना भारइसको संक्रमण रोक्न लकडाउन गरिएका कारण पुँजीगततर्फ सरकारी खर्च शून्य भएको छ। केही सिमित आयोजनामा सामान्य काम भए पनि उल्लेख्यरूपमा बजेट खर्च हुने अवधिमा मुलुक ठप्प हुँदा सरकारी खर्च निकै कम हुने प्रष्ट भएको छ। 

कोरोना भाइरसको जोखिमको यथार्थ मूल्यांकन नभए पनि अर्थमन्त्री खतिवडाले चालु वर्षमा जस्तै उच्च अंकको राजस्व संकलनको लक्ष्य राख्दै ठूलो बजेट निर्माण गर्न लागेका हुन्। बजेट निर्माणमा सहभागी अधिकारीहरूका अनुसार खतिवडाले चालु वर्षभन्दा सानो आकारको बजेट प्रस्तुत नहुने जनाउ दिइसकेका छन्। 

यसरी हुँदैछ स्रोतको आँकलन
बजेटको मुख्य स्रोत राजस्वको आधार कोरोनाका कारण कमजोर हुँदै गएको छ। चालु वर्षमा ११ खर्ब १२ अर्ब रूपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा ८ खर्ब रूपैयाँ पनि नउठ्ने देखिइसकेको छ। अर्धवार्षिक अवधिसम्ममा नै राजस्वको लक्ष्य र संकलनको अन्तर करीब ९० अर्ब रूपैयाँ पुगिसकेको थियो। 

चैत १० पछि आर्थिक गतिविधि ठप्प भएकाले राजस्वको आकार झन साँघुरो हुँदै गएको छ। अर्थमन्त्री खतिवडाले भने आर्थिक वर्षको अन्त्यमा कोरोनाको प्रभाव केही कम हुने र आर्थिक क्रियाकलाप सामान्योन्मुख हुने भएकाले ९ खर्ब संकलन हुने भन्दै त्यसको १५ प्रतिशतदेखि २० प्रतिशतसम्म राजस्व बढाउने गरी लक्ष्य निर्धारण गर्न भनेका छन्। 

चालु वर्षमा ९ खर्ब रूपैयाँ राजस्व पुर्‍याउन अब साढे २ अर्ब उठाउनुपर्छ। अब यो संभव नहुने अर्थ मन्त्रालयकै अधिकारी बताउँछन्। चाल वर्षमा ९ खर्ब उठे त्यसको १५ प्रतिशत धेरै अर्थात् १० खर्ब ३० अर्ब रूपैयाँको हाराहारीमा राजस्व उठाउने गरी लक्ष्य निर्धारण गर्ने तयारी भएको छ।

राजस्व परामर्श समितिको सुझाव प्राप्त हुनुअघि नै आउँदो वर्ष मन्त्रालयलये गरेको स्रोत आँकलनमा आगामी वर्ष १० खर्ब रूपैयाँभन्दा केही धेरै राजस्व संकलन हुने अनुमान गर्दै लक्ष्य निर्धारणको तयारी भएको छ। तेस्रो बजेट प्रस्तुत गर्ने तयारीमा रहेका मन्त्री खतिवडाले राजस्वको लक्ष्य र असुलीका विषयमा सुरुदेखि नै आलोचना व्यहोर्दै आएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगले आन्तरिक ऋण उठाउने सीमा बढाउने सुविधा सरकारलाई दिएको छ। आयोगले चालु वर्षको कूल गार्हस्थ उत्पादन (तथ्यांक विभागको प्रक्षेपणअनुसार)को ५ प्रतिशत आन्तरिक ऋण उठाउने गरी सीमा परिवर्तन गरिदिएको हो। यसो गर्दा १८ अर्ब रूपैयाँ धेरै आन्तरिक ऋण लिने बाटो सरकारले पाउँछ। अर्थात् खतिवडाले आगामी आर्थिक वर्षमा २ खर्ब ७ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने गरी बजेट प्रस्तुत गर्न सक्छन्। 

'आन्तरिक ऋण उठाउने सीमा बढाउनु भनेको सरकारले बजारबाट धेरै पैसा उठाउने बाटो खोलिदिनु हो, यसले बजारमा तरलताको चाप पर्छ,' पूर्वअर्थमन्त्री डा रामशरण महतले भने, 'सरकारलाई बजेटको आकार बढाउने गरी यस्तो सिफारिस गरिएको हुन सक्छ, यो सर्वथा गलत हो।' 

आन्तरिक ऋण र राजस्व गरी मन्त्री खतिवडाले १२ खर्ब ४० अर्ब रूपैयाँको स्रोत आँकलन गरेका छन्। त्यसमा थप ३ खर्ब रूपैयाँ वैदेशिक ऋण लिने गरी बजेट तर्जुमा गर्ने तयारी भएको छ। बहुपक्षीय दातृ निकायबाट पर्याप्त ऋण लिन सक्नेमा मन्त्री खतिवडा ढुक्क छन्। 

सानो बजेटमा जोड
अर्थशास्त्री डा विश्व पौडेल सरकारले अहिले ठूलो बजेटमा बल गर्न नहुने धारणा राख्छन्। 'अनावश्यक ठूलो बजेट ल्याउने बेला यो होइन,' उनले भने, 'विद्यमान संकट समाधान गर्ने र उपलब्धिमूलक काम हुने गरी सानो बजेट बनाउन सकिन्छ।' 

Xtrem

Xtrem

पूर्वअर्थमन्त्री महत पनि कार्यान्वयनयोग्य बजेट बनाउनुपर्ने बताउँछन्। नेपाल लाइभसँग केही दिनअघिको अन्तर्वार्तामा उनले भनेका छन्, 'अहिलेको संकटसँग जुध्न स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने र कार्यान्वयन गर्न सकिने आयोजना अघि बढाउने गरी नै सरकारले काम अघि बढाउनुपर्छ,' उनले भने। 

राजस्वमाथिको दबाब बढ्दो
अर्थ मन्त्रालयले गठन गरेको राजस्व परामर्श समिति नै यतिबेला आगामी आर्थिक वर्षको राजस्व प्रक्षेपण कसरी गर्ने भन्नेमा अन्यौलमा छ। कोरोना संकटले पार्न सक्ने प्रभावका विषयमा यकीन मूल्यांकन नहुँदा राजस्व प्रक्षेपणमा कठिनाइ भइरहेको अर्थका अधिकारीहरू बताउँछन्। 

'चालु वर्ष यति राजस्व उठ्छ भन्ने अनुमान गर्न सकिँदैन, कोरोनाको प्रभाव कहिलेसम्म कस्तो रहन्छ भन्ने अनुमान गर्न कठिन हुँदा हामी कसरी काम गर्ने भन्नेमा अझै अन्यौलमा नै छौं,' अर्थ मन्त्रालयका अधिकारीहरू भन्छन्। अर्थ मन्त्रालयबाट अवकाश पाएका अधिकारीहरू पनि अहिलेको अवस्थामा सरकारले हौसिन नहुने बताउँछन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
आश्विन कृष्ण औँसी: सोह्र श्राद्ध समापन गरिँदै शनिबार, असोज २४, २०८३
कांग्रेस १५औँ महाधिवेशन : बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
कांग्रेस १५औँ महाधिवेशन : सभापतिमा गगनकुमार थापा विजयी शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्