• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नक्सा जारी गर्न संविधान संशोधन गर्नुपर्छ?

64x64
दुर्गा दुलाल बिहीबार, जेठ १, २०७७  २१:००
1140x725

काठमाडौं- भारतले कोरोना भाइरसको महामारीसँग जुधिरहेका बेला बीचमा नेपालको दार्चुला जिल्लाको लिपुलेक क्षेत्रमा पर्ने गरी मानसरोबार जाने बाटो उद्घाटन गर्‍यो। गत नोभेम्बरमा नेपालको क्षेत्र आफ्नो भूभागमा पर्ने गरी राजनीतिक नक्सा पनि जारी गरेको थियो। उक्त नक्सा जारी गरेलगत्तै नेपालले आपत्ति जनाउँदै कूटनीतिक नोट पनि पठायो। उक्त नोटको जवाफ नदिएको भारतले ६ महिनापछि उक्त क्षेत्रमा नेपालको सिमा मिचेर मोटर बाटो नै उद्घाटन गरेको हो। 

भारतको सो कदमको चौतर्फी विरोध भएपछि सरकारले भारतीय राजदूतलाई बोलाएर फेरी कूटनीतिक नोट थमाएको छ। योसँगै बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई सर्वदलीय भेला बोलाए। उक्त भेलामा सबैले देशको सीमामा सम्झौता गर्न नसकिने भएकाले खुट्टा नकमाउन सरकारले सुझाव पनि दिए। 

बैठकपछि बोल्ने नेताहरुले नेपालले आधिकारिक नक्सा जारी नगरेको प्रति सरकारमाथि प्रश्न उठाए। संसदीय समितिहरूले समेत निर्देशन दिएको अवस्थामा सरकारले किन नक्सा जारी गरेन भन्ने प्रश्न उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा होइन, सीमा नै ल्याउने भनी ६ महिना अघि तर्क गरेका थिए।

तर नेपालले नयाँ नक्सासमेत सार्वजनिक नगरेको भन्दै राजनीतिक दलका नेताहरूले सरकारमाथि प्रश्न उठाए। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सञ्चारकर्मीसँग कुरा गर्दै नक्सा जारी गर्ने कार्यका बारेमा अलि धेरै प्राविधिक कुरा मिलाउनुपर्ने भएको बताए। उनले संविधान नै संशोधनसम्म गर्नुपर्ने देखिएकाले तत्काल सम्भावना नदेखिएको तर्क सुनाए। परराष्ट्रमन्त्री ज्ञवालीको उक्त तर्कपछि सरकारले तत्काल नक्सा जारी नगर्न अर्को बहाना बनाएको भनी नागरिकस्तरबाटै आलोचना सुरु भएको छ। संवैधानिक कानुनका विज्ञ र जानकारहरूले पनि परारष्ट्रमन्त्रीको यो तर्क गलत भएको टिप्पणी गरे।   

कहाँ छ संविधानमा नक्साको व्यवस्था?
संविधानसभाबाट जारी भएको नेपालको संविधानमा नक्साबारेमा कुनै पनि धारा र अनुसूचीमा व्यवस्था छैन। संविधानको धारा ४ ले नेपालको क्षेत्र जनाउने देखिन्छ। अनुसूची ३ मा नेपालको नक्सा निशाना छापमा राखिएको छ। परराष्ट्रमन्त्री ज्ञवालीले यही व्यवस्था संशोधन गर्नुपर्ने तर्फ इंगित गर्दै संविधान संशोधनको तर्क अघि सारेको हुन सक्ने देखिन्छ। 

संविधानको अनुसूची ३ मा नेपालको निशाना छाप उल्लेख छ। निशाना छापभित्र नेपालको नक्सा राखिएको छ। उक्त नक्सा पनि त्रुटीपूर्ण ठहर भएको छ। नक्सामा लिम्पियाधुरातर्फको चुच्चो समावेश छैन। यसको द्रष्टव्यमा यो छाप आवश्यकताअनुसार ठूलो वा सानो आकारको बनाउन सकिने उल्लेख छ। त्यसमा नेपाल सरकारबाट निर्धारित रंगको प्रयोग हुने उल्लेख छ।  

संवैधानिक कानुनका जानकारहरूले नेपालको नक्सा जारी गर्न संविधानमा कुनै पनि बाधा रहेको टिप्पणी गर्छन्। संवैधानिक कानुनका जानकार तथा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले नेपालको आफ्नो भूभाग समेटेर नक्सा जारी गर्न संविधानमा कुनै पनि बाधा नरहेका बताए। संविधानको धारा ४, २७४ र अनुसूची ३ ले बाधा नगर्ने उनको तर्क छ। 

Ncell 2
Ncell 2
nimb
nimb

धारा ४ मा भएको नेपाल राज्यमा संविधान प्राप्त भएपछिको क्षेत्र भनेर सुगौली सन्धिदेखिको नेपाल कल्पना गरिसकेकाले अब संशोधन गर्नुपर्ने अवस्था नभएको बताए। अनुसूची ३ मा राखिएको नक्सा संशोधनका लागि सबै दलबीच सहमति भएमा संविधानको धारा २७४ ले नरोक्ने उनको भनाइ छ। 

संविधानको धारा २७४ मा संविधान संशोधनको व्यवस्था रहेको छ। उक्त धारामा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संशोधन नगरिने उल्लेख छ। यो त्यसको ठिक उल्टो सार्वभौमिकता र भौगोलिक अखण्डता विस्तार गर्ने कुरा भएकाले संविधान संशोधनबारे सरकारको दलिल गलत भएको उनको भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संवैधानिक कानुका विज्ञ तथा अधिवक्ता भीमार्जुन आचार्यले पनि नक्सा सार्वजनिक गर्न संविधान संशोधन बाधक नरहेको बताए। ‘देशको नक्सा सार्वजनिक गर्न संविधान बाधक रहेको भन्ने परराष्ट्रमन्त्रीको भनाइ सुनियो। जुन कुरा सर्वथा गलत हो,’ उनले भने,  ‘देशका लागि नै संविधान लेखिने हुँदा देशको अखण्डता र सार्वभौमिकता रक्षार्थ गरिने कुनै पनि काममा संविधान बाधक हुने भन्ने कुरै रहँदैन।’ 

नेपाल बार एशोसियनसनका महासचिव सुनिलकुमार पोखरेल पनि नयाँ नक्सा जारी गर्न  संविधान बाधक नहुने बताउँछन्। देशको मिचिएको भूमि समेटेर नक्सा सार्वजनिक गर्नहुँदैन भनेर संविधानले कतै पनि नभनेको उनको तर्क छ। अनुसूची ३ को हकमा आवश्यक परेमा सबै राजनीतिक दलहरु एकमत भएकाले संशोधन हुनसक्ने उनको तर्क छ।

भारतले नोभेम्बरमा नेपाल र पाकिस्तानका समेत क्षेत्र समेट्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो। भारतले राजनीतिक नक्सा जारी गरेपछि नेपालको नक्साको बारेमा बहस शुरु भएको थियो। सरकारले प्रयोग गरेको नक्सा त्रुटीपूर्ण रहेको बताएको भन्दै समाचार सम्प्रेषण भएपछि भूमि व्यवस्था तथा सहकारी  मन्त्रालयले खोजी शुरु गरेको थियो। यसरी खोजी गर्दा गलत नक्सा सिंहदरबारदेखि सबै क्षेत्रमा प्रयोग भएको पाइएको थियो। 

भूमि व्यवस्था मन्त्री अर्यालले त संसदीय समितिमा एकपटक गुगलबाट डाउनलोड गरेर प्रयोग गर्दा गल्ती भएको तर्क पेस गरिन्। लगत्तै उनको आलोचना भयो। उनले नापी विभाग र अन्य प्राविधिक टिम बनाएर आधिकारिक नक्सा बनाउने काम गरिन्। 

मन्त्री अर्यालको यही कदमले सिंहदरबारका कोठा कोठाबाट लिपुलेक र कालापानी पनि नभएको नक्सा निकालिएको थियो। लिपुलेक र कालापानीसमेत समावेश नभएका नक्सा प्रधानमन्त्री, मन्त्रीहरूको कार्यालय, संसद् भवनलगायत सरकारी गैरसरकारी कार्यालयमा टाँगिएका थिए। भूमि मन्त्रालय र नापी विभागले निशाना छापमा लिपुलेक र कालापानीसहित नक्सा राख्न चासो देखाए पनि उच्च राजनीतिक नेतृत्वले यसतर्फ ध्यान नदिदाँ यो सर्वसाधारण र सार्वजनिक रुपमा उपलब्ध हुन सकेको छैन।

मन्त्रालय मातहतका नापी विभागले कालापानी, लिपुलेकसहित समेटेर प्रशासनिक नक्सासमेत २०७५ फागुन जारी गरेको थियो।  भारतले जम्मु, काश्मीर र लद्दाखलाई दुई प्रदेशमा विभाजन गरेपछि नयाँ नक्सा जारी गरेको थियो। त्यसमा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत भारतीय नक्सामा समावेश भएपछि संसदीय समितिले पटक–पटक लिम्पियाधुरा नक्सा जारी गर्न निर्देशन दिएका थिए। राज्य व्यवस्था तथा सुशासन समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरासहित नक्सा जारी गर्न सरकारलाई धेरै पटक निर्देशन दियो। मंगलबार मात्र पनि संसदको अन्तराष्ट्रिय समितिले आधिकारिक नक्सा सार्वजनिक गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  २१:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, १६ भन्दा बढी बैठकमा भाग लिने अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ प्रस्थान गरेका हुन् । मंगलबार, असोज २७, २०८३
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनले पछिल्लो समय नेपालमा भएका ठूला बाढीका घटनाले विपद् जोखिम... मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहीले ३ हजार ९०६ मत प्राप्त गर्दै सहमहामन्त्री पद जितेका हुन्। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, १६ भन्दा बढी बैठकमा भाग लिने मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार, असोज २७, २०८३
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड मंगलबार, असोज २७, २०८३
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम मंगलबार, असोज २७, २०८३
काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्