वीरगंज– प्रहरीले ठूलो परिणाममा घरेलु मदिरा नष्ट गरेको छ। वडा प्रहरी कार्यालय श्रीपूरले वीरगंजको उदयपुरघुर्मिमा रहेको ५ वटा घरेलु मदिरा उत्पादन गर्ने भट्टि नष्ट गरेको हो।
वडा प्रहरी कार्यालय श्रीपूरका प्रहरी निरीक्षक कुमार प्रसाद मैनालीका अनुसार सन्तोष कुमार यादव, सुसिल यादव, मोफिक यादव र कुँवर यादवले संचालन गरेको भट्टि नष्ट गरिएको हो।
५ सय लिटर तयारी मदिरा र ५ हजार लिटर कच्चा पदार्थ प्रहरीले नष्ट गरेको हो। मदिरा बनाउने मेसिन र १२ वटा ड्रम प्रहरीले बरामद गरेको छ।
अवैध रुपमा मदिरा उत्पादन गर्नेविरुद्ध कारबाहीलाई निरन्तरता दिइने प्रहरी निरीक्षक मैनालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।