• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

'पहिलो कोरोना संक्रमित आउँदा निकै डर लाग्यो'

कल्पना पौडेल मंगलबार, वैशाख ३०, २०७७  ०९:३९
1140x725

अन्जुला कार्की कोशी प्रादेशिक अस्पतालको अर्थोपेडिकल शल्यकक्ष (ओटी) की इन्चार्ज हुन्। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अस्पतालले उनलाई कोभिड उपचार केन्द्रको नर्सिङ इन्चार्जका रुपमा खटाएको थियो। हालसम्म उक्त केन्द्रमा ३५ जना संक्रमित उपचारका लागि भर्ना भएका छन्। जसमध्ये १६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरुमै नर्सिङ इन्चार्जका रुपमा काम गरेकी कार्कीले कल्पना पौडेलसँग संक्रमितको उपचार र व्यवस्थापनका विषयमा कुराकानी गरेकी छिन्। कार्कीको अनुभव उनकै शब्दमाः

कोशी अस्पतालमा पहिले नै छुट्टै कोभिड उपचार केन्द्र तयारी अवस्थामा राखिएको थियो। उक्त केन्द्रमा खटिने पहिलो चरणको स्वास्थ्यकर्मीको टिममा म नर्सिङ इन्चार्जको रुपमा थिएँ। मसँगै रेजिना राई, अनु बस्नेत, अस्मिता लिम्बू, अनु भगत, ममता माझी, अन्जना कटुवाल र प्रतिमा ढकाल नर्सिङ स्टाफ हुनुहुन्थ्यो। 

कोभिडका लागि अस्पताल तयारी अवस्थामा राखेको समय र साँच्चिकै संक्रमित उपचारका लागि आउने कुरा भएपछिको सोच निकै फरक थियो।

जब उदयपुरबाट पहिलो पटक १२ जना संक्रमित आउने खबर आयो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लगायत हामी सबै उनीहरुलाई रिसिभ गर्न जाँदैगर्दा डर लागेको थियो।

कोभिड–१९ बारे मिडियामा विभिन्न कुरा आइरहेका थिए। संक्रमण दर उच्च भएको र विश्वमा मृत्यु हुनेको संख्या पनि बढिरहेको थियो। जसमध्ये धेरै स्वास्थ्यकर्मी पनि भएको खबर आइरहेको थियो। त्यसैले पनि के हुने हो, कस्तो हुने हो भन्ने कुराले सताइरहेको थियो। जे भए पनि काम त गर्नैपर्ने थियो।

पहिलो चरणमा ड्युटी भएपछि परिवारका सदस्यमा तनावको स्थिति थियो। छोराछोरीले ‘हजुरलाई नै सुरुमै किन ड्युटी राखिदिएको मामु, अरुलाई राखेको भए के हुन्थ्यो। बरु यस्तो काम नै छोड्नुस्’ भनेका थिए। यसअघि कहिल्यै उनीहरुले त्यस्तो भनेका थिएनन्। 

अन्य परिवारका सदस्यले पनि त्यसै भन्नुभएको थियो। मेरो २५ वर्षे नर्सिङ सेवामा परिवारबाट यस्तो चिन्ता पहिले व्यक्त भएको थिएन। कोभिड–१९ जुन अवस्थामा आइरहेको छ, त्यसैले पनि चिन्ता बढी भएको थियो।

एक हप्ताको ड्युटी गरेपछि अर्को टिमको पालो बनाइएको थियो। एक हप्ता ड्युटीमा हुँदा संक्रमित राखिएको ठाउँमा पिपिई लगाएर हरेक समय नर्स हुन्थे। सुरु पिपिई धेरै नभएकोले धेरै जना जान मिलेन। नर्सले नै संक्रमितलाई खाना दिने, आवश्यक अन्य कुराको व्यवस्था मिलाइदिने गर्नुपर्थ्यो। पिपिई बचाउन कार्यालय सहयोगीले गर्ने काम पनि आफैं गर्नुपर्ने अवस्था थियो।

Ncell 2
Ncell 2
nimb
nimb

संक्रमितलाई अन्य स्वास्थ्य समस्या नभएकाले पहिला खासै समस्या त थिएन। तर सुरुको २–४ दिन भने निकै असजिलो भयो। कसरी गर्ने, के गर्ने भन्ने अलमल जस्तो। दिन बित्दै जाँदा सहज हुँदै गयो।

हामीले अस्पतालको तयारी गर्दा नै निकै राम्रो व्यवस्थापन गरेका थियौँ। तर पनि प्रत्यक्ष खटिँदा संक्रमण भइहाल्छ कि, भयो भने गर्ने भन्ने खालका कुरा मनमा आउने रहेछ।

तर, २–४ दिनमै यी कुरा सामान्य भएर गए। म नर्सिङ इन्चार्ज भएकाले सबै ड्युटी मिलाउनेदेखि लजिस्टिक व्यवस्थापन सबै हेर्नुपर्थ्यो। भित्र खटिएकाले नर्सले आफ्नो ड्युटीबाहेक सरसफाइ लगायतका अन्य काम गर्नुभयो। किनभने सबै भित्र जान गाह्रो थियो। पिपिई अभावको कारण त्यसरी गरेका थियौं।

जब तेस्रो पटक ५ जना संक्रमित आए। त्यसमा एक जना महिला हुनुहुन्थ्यो। उहाँ अस्पताल आएको राति नै महिनावारी हुनुभयो। उहाँले प्याड माग्नुभयो। त्यसपछि म झस्कें। किनकि त्यो कुरा त सोचिएकै थिएन। रातिको समय भएकाले त्यहाँ प्याड उपलब्ध हुन सकेन। हामीले पनि बोकेका रहेनछौं। 

Xtrem

Xtrem

त्यस दिन विकल्प खोज्यौँ। र, भोलिपल्ट उहाँलाई प्याड उपलब्ध गराउन सक्यौँ। सबै व्यवस्था गर्‍यौं भन्दाभन्दै पनि यस्ता कुरा छुट्ने रहेछ।

एक हप्ताको कोभिड–१९ अस्पतालको ड्युटी अवधिमा हामी सबैको पिसिआर जाँच गरिएको थियो। अस्पतालमा ड्युटी हुँदा पनि हामी क्वारेन्टाइनमा बसेका थियौं। ड्युटी जानुअघि खाजा, खाना र पानी खाइसकेको हुनुपथ्र्यो। पिपिई लगाएर संक्रमित भएको ठाउँमा गइसकेपछि ६ घण्टा केही खान, पिउन र शौचालयको प्रयोग गर्न मिल्दैन्थ्यो। ड्युटी सकिएपछि भित्रै बाथरुममा नुहाउने र क्वारेन्टाइनमा जाने व्यवस्था गरिएको थियो। 

इन्चार्ज भएकाले यी सबै कुराको व्यवस्थापन हेर्नुपर्ने हुन्थ्यो। संक्रमितमध्ये एक जनालाई मोबाइल उपलब्ध गराइएको थियो। उहाँँहरुले केही आवश्यक परेमा मलाई फोन गर्नुहुन्थ्यो।  

यो बीचमा प्रदेशका १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे पनि दिनहुँजसो अस्पताल आइरहनुहुन्थ्यो। के–कस्तो छ, केही समस्या छ कि भनेर सोध्नुहुन्थ्यो। अनि मेरै मोबाइलबाट संक्रमितसँग पनि कुरा गर्नुहुन्थ्यो। उहाँहरुलाई केही समस्या भए–नभएकोबारे सोध्नुहुन्थ्यो। त्यसले हामीलाई पनि निकै हौसला मिल्थ्यो।

ड्युटी अवधि सकिएपछि १४ दिन क्वारेन्टाइनमा बसेर मात्र घर गयौं। जब घर गयौँ, पहिलेको चिन्ता खुसीमा बदलियो। 

अहिले विभिन्न अस्पतालमा संक्रमितको संख्या थपिएको छ। कोशी अस्पतालमा एकै पटक धेरै बिरामी आएकाले होला अरु अस्पतालबाट फोन गर्नुहुन्छ। कसरी म्यानेजमेन्ट गर्नुभयो भनेर सोध्नुहुन्छ। एक प्रकारले अहिले हाम्रो अनुभव अन्य कोभिडको संक्रमित भएको अस्पतालमा सेयर गरिरहेका छौं। 

नर्सले जस्तोसुकै अवस्थामा पनि फ्रन्टलाइनमा बसेर काम गर्नुपर्ने हुन्छ। जोखिम भए पनि जनताको सेवा गर्ने कामकै लागि खटिएका हौँ। यस्तो बेलामा परिवार तथा समुदायको साथ र सहयोगको ठूलो महत्व हुन्छ। तर नर्सको मूल्यांकन भने कामअनुसार हुँदैन। यस्तो अवस्थामा भने दुःख लाग्छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  ०९:३९
  • #विश्व_नर्सेज_दिवस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्