काठमाडौं- नेपाली भूमिलाई पनि प्रयोग गर्दै भारतले मानसरोबर जाने बाटो बनाएपछि उत्पन्न विवादका सन्दर्भमा नेपालले भारतसँग वार्ताको पहल गरिरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन्।
सरकारको प्राथमिकता वार्ताबाट समस्याको समाधान गर्नु रहेको मन्त्री ज्ञवालीले बताए। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा बोल्दै उनले अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने पक्षमा सरकार नरहेको बताए।
उनले भारतसँग कोरोना नियन्त्रणपछि होइन, तत्कालै वार्ता चाहेको बताए। सरकारले भारतसँग तत्कालै वार्ताको पहल गरिरहेको उनले जानकारी गराए।
सोही बैठकमा भूमि सुधार मन्त्री पद्मा अर्यालले नेपालले प्रयोग गरिरहेको नक्सामा लिम्पियाधुरा पहिल्यैदेखि नभएको विषयमा आफूले राखेको भनाईलाई सञ्चार माध्यमले गलत रुपमा प्रस्तुत गरेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।