काठमाडौं– विपक्षी दलका विद्यार्थी संगठनहरुले सरकार सीमाका सन्दर्भमा उदासिनता हुँदा भारतीय हस्तक्षेप बढेको जनाएका छन्।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका विद्यार्थी संगठनले परिणाममूलक पहल सरकारले नगर्दा भारतको हेपाहा प्रवृत्तिले थप प्रश्रय पाएको ठहर गरेका छन्। नेपालको सहमति बिना नेपाली भूभाग प्रयोग गर्न भारत र चीन दुवै सहमत हुनु खेदजनक भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
भूमि फिर्ता गर्न र नेपालको सार्वभौमसत्तालाई सम्मान गर्न भारतलाई बाध्य वनाउन गम्भीरता र तदारुकता देखाउन सरकारसँग आग्रह गरिएको छ। आइतबार संयुक्त ज्ञापन बुझाउने संगठनहरुमा नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अखिल (पाँचौं), अखिल (क्रान्तिकारी), राप्रविसंघ र अखिल नेपाल विधार्थी यूनियन छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।