धनगढी- कैलाली र कञ्चनपुरमा भिषण हावाहुरी चलेको छ। आइतबार करीब साढे ३ बजेदेखि हावाहुरी चलेको थियो। पश्चिम तराईको मौसममा एकाएक बदली भएको छ। कालो बादलले आकाश छोपेपछि कैलाली, कञ्चनपुरसहितका जिल्लाहरुमा दिउँसै अन्धकारजस्तो भएको थियो।
एक्कासी चलेको हावाहुरीपछि सो क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पश्चिमी क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद राजु प्रधानांगले सुदूरपश्चिमबाट न्यून चापीय प्रणालीको प्रभाव सुरु भएको र यो बिस्तारै पूर्वी क्षेत्रमा प्रवेश गरिरहेको जानकारी दिए।
मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो मेघगर्जन, चट्याङ, हुरीबतास, असिनासहित वर्षा गराउने प्रणाली पश्चिमबाट नेपालको सुदूरपश्चिम प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको हुँदा सतर्कता अपनाउन आग्रह गरेको थियो।
हावाहुरीले के कति क्षति पुर्याएको छ भन्ने विस्तृत विवरण भने आउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।