अछाम- अछामबाट हेलिकोप्टर मार्फत उद्धार गरी नेपालगञ्ज रेफर गरिएकी सुत्केरी महिलाको मृत्यु भएको छ।
अछामबाट थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएकोमा उनको शल्यक्रिया हुन नपाउँदै ज्यान गएको उनका श्रीमान मान बहादुर साउदले जानकारी दिए।
शल्यक्रिया गर्नको लागि तयारी अवस्थामा राखिएको थियो तर अप्रेसन कक्षमा लिन नपाउँदै उनको ज्यान गएको बताइएको छ।
सुत्केरी भएको २५ दिनपछि स्वास्थ्यमा समस्या देखिएपछि रामारोशन गाउँपालिका भाटाकाटियाकी २४ वर्षीया देउमा साउदलाई हेलिकोप्टर मार्फत उद्धार गरी शनिबार कोहलपुर रेफर गरिएको थियो। तर उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।