बैतडी– हुम्ला घर भएका एक बालकको बैतडीस्थित नेपाल–भारत सीमानाका झुलाघाटबाट उद्धार गरिएको छ। घरमा थाहा नदिइ भागेर भारत जाँदै गरेका हुम्लाको सर्केगाड गाउँपालिका–८ का १४ वर्षीय गजेन्द्र बोहरालाई प्रहरीले बिहीबार उद्धार गरेको हो।
गजेन्द्रको घरमा फोन सम्पर्क गर्दा भागेर गएको थाहा पाएपछि बालकको उद्धार गरी आफन्तलाई बुझाउने तयारी गरिएको सिमानाका प्रहरी चौकीका प्रमुख चक्रदेव पाण्डेले जानकारी दिए।
सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लालगायत जुम्ला, कालीकोट, हुम्लाका नागरिकले भारत जान सीमानाका झुलाघाटलाई प्रयोग गर्ने गर्दछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।