• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २४, २०८२ Wed, Dec 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कालापानीमा भारतले सडक खोलेपछि नयाँ नक्सा कार्यान्वयनबारे बुझ्दै संसदीय समिति

64x64
दुर्गा दुलाल शनिबार, वैशाख २७, २०७७  २२:०९
1140x725
फाइल तस्बिर

काठमाडौं- गत कार्तिक दोस्रो साता भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्‍यो। भारतले सार्वजनिक गरेको उसको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक आफ्नो भू-भागमा समेटेको थियो। करिब ६ दशकदेखि कालापानी र लिपुलेक कब्जा गरेको भारतले नेपाली भूभाग आफ्नो नक्सामा राखेको थियो। 

भारतले पाकिस्तानी प्रशासित जम्मु-काश्मीरसमेत आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेको थियो। उक्त  नक्सामा नेपालको कालापानी र लिपुलेकलाई समेत भारतले समावेश गरेको थियो। भारतले जम्मुकाश्मीर र लद्दाखलाई दुई प्रदेश बनाएर नक्सा जारी गरेकै बेला नेपालको भूभाग पनि समेटेको थियो।  

भारतको यो नक्सासँगै नेपालमा पनि विवाद सुरु भयो। सरकारले भारत सरकारलाई कुटनीतिक नोट पठायो। संसदीय समितिले यो विषयमा चासो दिएर छलफल चलायो। संसदको राज्य व्यवस्था र अन्तराष्ट्रिय समितिले मन्त्रीहरुसँग, सांसद र सीमाविद्सँग पनि छलफल गर्‍यो। 

कार्तिक २५ गते राज्य व्यवस्था समितिले निर्देशन दिनुअघि व्यापक छलफल चलाएको थियो। समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन पनि दियो। समितिले महाकाली क्षेत्रको सीमा विवादबारे छलफल गर्न सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको थियो।

तर, उनको सट्टा भूमि तथा व्यवस्थामन्त्री पदमा अर्याल उपस्थित थिइन्। मन्त्री अर्यालले पनि विगतमा प्रयोग भएको नक्सा गुगलबाट निकालिएकाले त्रुटिपूर्ण भएको भन्दै नयाँ नक्सा सार्वजनिक हुने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

संसदीय समितिमा उनले त्यसलाई सच्याएर सबै सरकारी कार्यालयहरूमा पठाइसकेको बताएकी थिइन्। अब सबै सरकारी कार्यालयमा नक्सा र निसान छापहरुमा लिपुलेक र कालापानीसहितको नक्सा नै प्रयोगमा हुने बताएकी थिइन्। तर उक्त निर्णय कार्यान्वयन भएको छैन।

संसद्कै अन्तराष्ट्रिय श्रम सम्बन्ध समितिले मंसिर २७ गते नक्साबारेमा छलफल गर्दै तत्काल नेपालको भूभाग समेटिएको नक्सा सार्वजनिक गर्न निर्देशन दिएको थियो। समिति बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न निर्देशन दिएको थियो। समितिले नेपाली भूमिको रक्षा तथा कालापानी क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरूलाई सहज आवतजावत गर्ने बाटो र अन्य सुविधा उपलब्ध गराउन भनेको थियो।

Ncell 2
Ncell 2

भारतबाट अतिक्रमित भूमिमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको थियो।

समितिले निर्देशन दिएको ठीक ६ महिनापछि भारतले सडक नै उद्घाटन गरेपछि संसदीय समितिले त्यसको कार्यान्वयनमा ताकेता गर्ने चासो देखाएका छन्। भारतले कालापानीदेखि लिपुलेकसम्म जोड्ने सडक पूरा गरी उद्घाटन गर्ने कुरा सार्वजनिक भएपछि आइतबार राज्य व्यवस्था समिति र अन्तराष्ट्रिय समितिले यस विषयमा छलफल गर्न बैठक बोलाएको छ। अन्तर्राष्ट्रिय समितिकी सभापति पवित्रा निरौला खरेलले विगतको निर्देशन कार्यान्वयन र अहिलेको परिस्थितिको बारेमा छलफल गर्न समितिको बैठक आइतबार बिहान ८ बजे डाकिएको बताइन्। विगतको निर्देशन कार्यान्वयनमा किन ताकेता भएन त भन्ने प्रश्नमा सभापति निरौलाले सरकारले गर्ने कुटनीतिक पहल गरिरहेको र नक्सा छापिने बताएकाले गर्ने विश्वास गरेको बताइन्। 

‘सरकारले सबै काम भइरहेको र उच्चस्तरमा कुटनीतिक पहल गरिरहेको कुरा समितिमा बताएकाले हामी चुप लागेका थियौं,’ उनले भनिन्, ‘तर फेरि उक्त क्षेत्रमा बाटो निर्माण सम्पन्न भई उद्घाटन हुन लागेको सार्वजनिक भएकाले फेरि सरकारसँग छलफल गर्न लागेका हौं।’ 

सभापति पवित्रा निरौलाले विगतमा संसदीय समितिले दिएका निर्देशन सरकारले पालना नगर्दा सीमा विवाद पार नलागेको बताइन्। ‘सरकारलाई नक्सा सार्वजनिक गर्न भनेका थियौं। तर अझै सार्वजनिक भएको छैन,’ उनले भनिन्, ‘नक्सा सार्वजनिक किन भएन भनेर पनि जानकारी खोज्नका लागि समिति बैठक बोलाएका छौं। भारतले मनमौजी ढंगले जुन नक्सा सार्वजनिक गर्‍यो र सडक निर्माण गरेको त्यसका बारेमा हामीले छलफल गर्नु आवश्यक छ।’

राज्य व्यवस्था समितिकी सभापति शशि श्रेष्ठले पनि बाटो नै निर्माण भइसक्दासमेत राज्यले थाहा नपाएको कुरा आएकाले मन्त्रीहरुसँग त्यसबारेमा यथार्थ छलफल गर्ने बताइन्। विगतमा दिएका निर्देशन कार्यान्वयनमा ताकेता किन भएन त भन्ने प्रश्नमा उनले सरकारले गर्छ भनेर विश्वास गरेको बताइन्। ‘हामी त छलफल गरेर आवश्यक निर्देशन दिने हो,’ श्रेष्ठले भनिन्, ‘त्यसको कार्यान्वयन सरकारले गर्ने हो। भोलिको छलफलमा यो विषयमा पनि मन्त्रीसँग छलफल हुन्छ।’

दुवै समितिले आइतबार बिहान सिंहदरबारमा आठ बजे बैठक राखेका छन्। बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा र भूमिमन्त्री पद्या अर्याललाई बोलाइएको छ। 

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  २२:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की सो विश्वविद्यालयका कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीलाई कुलपति नराख्ने गरी ऐनमा परिमार्जन गर्न सरकारले शिक्षा,... बुधबार, मंसिर २४, २०८२
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकताअनुसार आफू अघि बढ्न तयार रहेको उनको भनाइ छ। नेता भण्डारीले साथीहरूको सुझाव, समयको माग... बुधबार, मंसिर २४, २०८२
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : संयोजक दाहाल ७७औँ विश्वमानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र साँच्चै लोकतान्त्रि... बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
झोंकमा उम्मेदवारी दिन खोजेको हैन, पार्टी बैठकमै जानकारी गराएका छौँ : ईश्वर पोखरेल बुधबार, मंसिर २४, २०८२
सेयर बजारमा गिरावट, ७९ कम्पनीको मूल्य बढ्यो बुधबार, मंसिर २४, २०८२
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बुधबार, मंसिर २४, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने बुधबार, मंसिर २४, २०८२
सर्वाेत्तम सिमेन्ट कोनिःशुल्क स्वास्थ्य शिविर बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
एनपीएल-: क्वालिफायर १ मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर भिड्दै मंगलबार, मंसिर २३, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्