एजेन्सी–अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिको दैनिक कोरोना परीक्षण गर्न थालिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उपराष्ट्रपति माइक पेन्सका सहयोगीलाई कोरोना पोजिटिभ भएको पाइएपछि दुवैको दैनिक परीक्षण थालिएको हो।
उपराष्ट्रपति माइक पेन्सका एक सहयोगीलाई कोरोना पोजेटिभ पाइएको छ। प्रेस सेक्रेटरी केटी मिलरलाई संक्रमण भएको पाइएको हो।
यसअघि पनि ह्वाइट हाउसका एक कर्मचारीलाई पोजेटिभ पाइएको थियो । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पका एक सहयोगीको रिजल्ट पोजेटिभ आएको थियो।
ह्वाइट हाउसले राष्ट्रपतिलाई सुरक्षित राख्न जरुरी सावधानी पालना भइरहेको बताएको छ। अमेरिकामा हाल १३ लाख भन्दा धेरै संक्रमित रहेका छन् भने ७८ हजारले ज्यान गुमाई सकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।