काठमाडौं– बजेट अधिवेशनलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटघाट भएको छ।
शुक्रबार ४ बजे सुरु हुने बजेट अधिवेशनलाई लिएर प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेकाथिए।
बिहान साढे ९ बजेदेखि सुरु छलफल झण्डै २ घण्टा चलेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा स्थागित भएको स्थायी कमिटी बैठकका सम्बन्धमा समेत छलफल भएको बुझिएको छ। नेकपा स्थायी कमिटी बैठक गत बिहीबारका लागि तोकिए पनि विवादका कारण स्थागित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।