• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बुद्धको कपिलवस्तु आगमन र यशोधरासँग भेट

बुद्धि कटेल बिहीबार, वैशाख २५, २०७७  १७:२८
1140x725

आज २५६४औं बुद्ध पुर्णिमा। भगवान् गौतम बुद्धले यो संसार छाडेर जानुभएको पनि २ हजार ४ सय ८४ वर्ष पुगिसकेको छ। उहाँले यो धर्ति त्यागेर महापरिनिर्वाण प्राप्त गरेको यति लामो समय भइसके पनि उहाँका जीवनका कयौं कथा आज पनि उतिकै सान्दर्भिक छन्। भगवान् गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलोपटक भिक्षुका रूपमा कपिलवस्तु आगमनको एक रोचक एवम् प्ररणादायी प्रसंगको छोटो चर्चा गरेर सम्झने प्रयत्न गर्नु यो आलेखको ध्येय हो।

बुद्धले ज्ञान प्राप्त गरेपछि बुद्धका पिता राजा शुद्धोधनले कपिलवस्तु आउन धेरै निमन्त्रणा पठाउनु भयो। तर जो राजा शुद्धोधनको खबर लिएर बुद्धका समीपमा पुग्छ ऊ पनि बुद्ध देशना सुनेर प्रभावित भई संन्यास लिएर बुद्धसंघमै बस्न थाल्दथ्यो। राजाले बुद्धालाई कपिलवस्तु फर्काउन कैयौं दूत पठाए। तर कसैले पनि बुद्धलाई ल्याउन सकेन। सबै भिक्षु बनेर उतै बसे। 

अन्ततः राजा शुद्धोधनले बुद्धको बाल्यकालको आत्मीय मित्र कालुदायीलाई दूत बनाएर पठाउनु भयो। कालुदायी पनि बुद्धको भिक्षु बनेर संघम‌ै सम्मिलित भए। तर उनले निरन्तर बुद्धलाई राजा शुद्धोधनको निमन्त्रणा सन्देश सम्झाइरहे। निरन्तर दुई महिनाको प्रयासमा बुद्ध एकपटक कपिलवस्तु फर्कन राजी भए। 

कपिलवस्तु पुगेर बुद्ध निरोधग्राममा विश्राम गर्नु भयो। आफ्ना गाउँले तथा वंशजका सदस्यहरुसँग विविध विषयमा चर्चापरिचर्चा भयो। त्यहाँ उहाँले वेस्सतन्तर जातकको कथा पनि सुनाउनुभयो। 

दोस्रो दिन बुद्ध आफ्नो नियमित दिनचर्याअनुसार भीक्षाटनका लागि कपिललवस्तुको सडकमा निस्कनु भयो। राहुलमाता यशोधराले पनि यो खबर सुन्नु भयो। उहाँले दरबार झ्यालबाटै नगरका सडकमा भिक्षाटन गर्दै गरेको अवस्थामा भिक्षु बुद्धलाई नियालिरहनु भयो। भिक्षु बुद्धको तेजस्वी व्यक्तित्व देखैर हृदयदेखि प्रसन्न भई गीतका लयमा केही छन्द कविता अभिव्यक्त गर्नभयो। यो 'नरसिंहगाथा'का नामले प्रचलित छ।

Ncell 2
Ncell 2
nimb
nimb
बुद्धि कटेल, लेखक

देशको भावी राजा हुनेवाला राजकुमार सिद्धार्थ राजधानीका सडकमा भीक्षापात्र लिएर भीक्षाटन गरिरहेको कुरा सुनेर राजा शुद्धोधनलाई असह्य पीडा भयो। तर जब उहाँले बुझ्नु भयो कि यो अशोभनीय काम होइन। नियमित दिनचर्या हो। तब उहाँले बुद्ध तथा बुद्धसंघका सम्पूर्ण भिक्षुलाई आतिथ्यता गरी भोजनका लागि दरबारमा निमन्त्रणा गर्नुभयो। 

राजाको निमन्त्रणालाई स्वीकार गरेर बुद्ध तथा भिक्षुगण राजमहलको सभाहलमा उपस्थित भए। बुद्धवचन सुन्न दरबारका सम्पूर्ण पुरुष तथा महिलाहरू उपस्थिति भए। तर त्यो सभामा यशोधरा उपस्थित हुनु भएन। पुत्र राहुलका साथ आफ्नै कक्षमा रहनुभयो। किन बुद्धवचन सुन्नका लागि आउनुभएन भनेर सोध्दा उहाँले भन्नुभयो- यदि मेरो साधना सही छ भने बुद्ध स्वयम् मेरो कक्षमा आउनुहुनेछ। 

अन्तत उहाँको साधना सत्य प्रमाणित भयो। दुईजना विशिष्ट भिक्षुका साथ बुद्ध राहुलमाता यशोधराको कक्षमा पुग्नुभयो। यशोधराले जमिनसम्म शिर निहुराएर दण्डवत् प्रणाम गर्नुभयो। 

Xtrem
Xtrem

बुद्ध दरबार छाडेर सन्यास लिएपछि यशोधराले पनि सादगी जीवन जिउन शुरु गर्नुभएको थियो। भोगविलासरहित गेरुवस्त्र धारण गरी एक छाक मात्र भोजन गरी आचारमा रहने बुद्धको जीवनशैलीबारे यशोधराले पनि सुन्नु भएको थियो। त्यही आचरण उहाँले दरबारमा पनि पालना गर्नु भएको थियो। त्यसैका प्रभावले बुद्धलाई यशोधराको कक्षसम्म डोर्‍याएको थियो। बुद्धले यशोधराको साधना (शिल)को प्रशंसा गर्दै चन्दकिन्नर जातककथा सुनाउनु भयो। 

यशोधरा पूर्वजन्ममा किन्नरी भएको र त्यसबखत उहाँको पतिलाई कसैले हत्या गरेको थियो भन्ने चर्चा हुने गरेको छ। यशोधराको साधनाबलले नै आफ्ना मृत पतिलाई पनि उनले जीवित बनाएकी  थिइन्। कथाअनुसार बुद्ध र यशोधराको सम्बन्ध जन्मौंदेखिको थियो। 

भगवान् बुद्धले कपिलवस्तु प्रवेश गरेको सात दिन बितिसकेको थियो। सातौं दिन बुद्ध कपिलवस्तुबाट फर्कने तयारीमा लाग्नुभयो। यशोधराले बालक छोरा राहुललाई जाऊ तिमी आफ्नो पितासँग उत्तराधिकार माग भनी बुद्धका साथ पठाउनुभयो। ‍बुद्धले बालक पुत्र राहुललाई पनि बुद्ध संघमा शरण दिनु भयो। गौतम बुद्धकि पत्नी र राहुलकी माताका रुपमा यशोधराको त्याग बुद्धको बुद्धत्व प्राप्तीमा अवर्णनीय रहेको प्रसंग विभिन्न कथाहरूमा सुन्न सकिन्छ, पढ्न पाइन्छ।

बुद्धसंघमा शुरुका दिनमा स्त्रीलाई भिक्षुको जस्तो साधनामा सम्मिलित हुने व्यवस्था थिएन। जुन दिन माता महाप्रजापति गौतमीको अनुरोधमा बुद्धले स्त्रीलाई पनि सन्यास साधनाको सुरुवात गराउनुभयो, त्यही दिन महाप्रजापति गौतमीका साथ यशोधरा पनि भिक्षु संघमा प्रवेश गरी धर्म, साधना र संघ हितका लागि बाँकी जीवन समर्पण गर्नुभयो। 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १७:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्