• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

स्थायी कमिटीको निष्कर्ष पार्टी र जनताको हितमा हुन्छ : सुवास नेम्वाङ [अन्तर्वार्ता]

64x64
डिबी खड्का बुधबार, वैशाख २४, २०७७  १५:२१
1140x725

नेकपाभित्रको विवाद रोचक मोडमा आइपुगेको छ। सरकारले वैशाख ८ मा जारी गरेको दुई अध्यादेशबाट सुरु विवाद प्रधानमन्त्रीको राजीनामा माग्ने तहसम्म पुगेर वैशाख २० को सचिवालय बैठकपछि केही मत्थर देखिएको छ। तर, विश्लेषकहरु यो परिस्थितिलाई ‘युद्धविराम’को रुपमा अर्थ्याइरहेका छन्। स्थायी कमिटीमा पेश गरिने प्रतिवेदन लेखनमा देखिएको सकस र शीर्ष नेताहरुबीच पछिल्ला दिनमा चलिरहेको दौडादौडले वैशाख २५ गते बस्ने स्थायी कमिटीको बैठक सहज नहुने पूर्वानुमान लगाउन सकिन्छ। अध्यादेशदेखि स्थायी कमिटी बैठकसम्मका विषयलाई केन्द्रमा राखेर नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँग नेपाललाइभका डिबी खड्काले गरेको कुराकानीः

तपाईं नेकपाको शीर्ष नेता मध्येमा पर्नुहुन्छ। कानुनको ज्ञाता पनि हुनुहुन्छ। कानुनकै कारण नेकपाभित्र विवाद आउनचाहिँ किन दिनुभएको?
व्यक्तिगत रुपमा कसको के दृष्टिकोण छ भन्ने भन्दा पनि एउटा प्रक्रिया बमोजिम सरकार र  पार्टी चल्छ। व्यक्तिहरुका फरक दृष्टिकोण हुन सक्छ। तपाईंले अध्यादेशको प्रसंग उठाउनुभएको हो भने अध्यादेशबारे मेरो स्थापित धारणा छ। यो देशमा सबै राजनीतिक दलहरु मिलेर अध्यादेशमार्फत प्रधानन्याधीशलाई प्रधानमन्त्री बनाउँदा त्यसको विरोध र बहस गर्ने म पनि हुँ।

अध्यादेश संविधान र कानुनकै बाटो हो। सरकारलाई अपवादको अवस्थामा कानुन बनाउने अधिकार छ। त्यसैले उसले संविधान र कानुन बमोजिम अध्यादेश जारी गर्न पनि सक्छ। खारेज पनि गर्न सक्छ। तर सारै अपवादको अवस्थामा मात्रै अध्यादेश ल्याइनुपर्छ भन्ने भनाइ छ। मेरो भनाइ पनि त्यही हो।

तर अब यसलाई लिएर मेरो के थियो, फलानोको के थियो भन्नेतिर नजाऔं। अहिले सरकारले वास्तवमा ५ वर्षसम्म कुनै अबरोध बिना नै काम गर्न पाउनुपर्छ भन्नेमा विवाद छैन। पार्टीको महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टी अध्यक्ष अहिलेका नै हुनुहुन्छ भन्नेमा विवाद छैन। तर, बेलाबेलामा प्रश्न उठ्ने, विवाद उठ्ने गरेको छन्। विभिन्न कारणले उठ्ने गरेका छन्।

तपाईं प्रधानमन्त्रीको निकट हुनुहुन्छ। उहाँलाई चाहिने कानुनी सल्लाह पनि तपाईंबाट जान्छ भन्ने बुझाइ छ। अर्कोतिर, यतिबेला अध्यादेश ल्याइनु अपरिपक्व भयो भन्ने छ। तपाईं जस्तो परिपक्व मान्छे नजिक हुँदाहुँदै पनि अपरिपक्व निर्णय कसरी भयो?
फेरि पनि के भन्छु भने, मेरो आफ्नो व्यक्तिगत धारणा छ। सरकार संविधान र कानुन बमोजिम चल्छ। अध्यादेश संविधान बमोजिम ल्याउने र खारेज गर्ने गरिएको छ। आवश्यक पर्दा प्रतिस्थापन विधेयक ल्याएर स्थायी रुप दिने गरिएको छ। यसबारे अरु छलफल गर्नुपर्छ भन्ने लाग्दैन। प्रधानमन्त्रीज्युले देशको आवश्यकता अनुसार ल्याएको भन्नुभएको छ। त्यसलाई लिएर म अरु चर्चा गर्न चाहन्नँ।

संविधान अनुसार आयो र खारेज पनि भयो। एउटा प्रक्रिया भयो। तर नेकपामाथि उठेका प्रश्नचाहिँ- कामहरु त समय अनुसार हुनुपर्दथ्यो। अहिले कोरोनासँग लड्नुपर्थ्यो, अन्तरपार्टी वा अन्य पार्टीसँग लड्ने बेला त थिएन नि?
तपाईंको यही टिप्पणीमा सायद मैले धेरै चर्चा गर्नुपर्दैन। मेरो भनाइ नै त्यही हो। कोरोना विरुद्ध अहिले सिंगो देश लडिरहेको छ। सरकार अग्रपंक्तिमा उभिएर लडिरहेको छ। सिंगो विश्व नै लडिरहेको छ। त्यहाँ कोरोना संक्रमणसँग लडिरहेको सरकारलाई अन्य पार्टीले साथ दिएका छन्।

हाम्रोमा पनि सत्तापक्ष र प्रतिपक्ष एक छन्। कोरोना विरुद्ध लडिरहेको बेलामा अरु प्रसंग उठ्दा म पनि छक्क परिरहेको छु। यस्तो बेलामा अरु कुरा असान्दर्भिक छन्, मौसमी भएनन् भनेर प्रश्न उठ्दा वास्तवमा यहि निहुँलाई लिएर किन यस्ता प्रश्न उठिरहेका छन्, म पनि छक्क परेको छु। स्वभाविक रुपमा मलाई जिज्ञासा छ।

यो अवस्था त प्रधानमन्त्री आफैंले निम्त्याउनुभएको हो नी?
म यसबारे छलफल गर्दिनँ भनेको छु। किनभने अध्यादेश आयो, सबैको सल्लाह बमोजिम खारेज भयो। अब हामीचाहिँ कोरोना विरुद्ध छलफल गर्नुको सट्टा फेरि यही अध्यादेशबारे कुराकानी गरिरहेका छौँ, किन?

Ncell 2
Ncell 2
nimb
nimb

यो छलफलले नेकपामा विभिन्न समूहरु लडिरहेका छन्। प्रधानमन्त्रीको राजीनामा पनि उठिरहेको छ। यो विषय सायद स्थायी कमिटीमा पनि जान्छ होला, त्यही भएर उठाएको नि?
तपाईंले त्यो कहाँबाट थाहा पाउनुभयो थाहा छैन। मलाई त सचिवालयको निर्णय थाहा छ। पछिल्लो बैठकले हाम्रो प्रधानमन्त्री, अर्का अध्यक्ष लगायत सबै नेताहरुले कमिकमजोरीप्रति आत्मालोचित हुँदै बैठक टुंगिएको हो। वास्तवमा हामीले आत्मआलोचित गरेका छौं।

सार्वजनिक रुपमा म चर्चा गर्दिनँ। सिंगो देशको विश्वास जितेर, सिंगो देशलाई एकजुट बनाएर कोरोना विरुद्ध लड्नुपर्ने बेलामा कतै आफैं लड्यौं भन्ने प्रश्नहरु उठेका छन्, मलाई धेरै विश्वास छैन। प्रश्न उठ्ने मौका दियौं। हाम्रा नेताहरुले त आत्मआलोचना गर्नुभएको छ।

सचिवालयले सबै टुंगायो?
मैले बुझेको त्यही हो। आत्मालोचित भईवरि सर्वसम्मतिले यो कुरा बाहिर आएपछि म चिन्तामुक्त छु।

अझै पनि ‘एक व्यक्ति, एक पद’को कुरा आएको छ नि?
कसैले उठाएको विषयलाई लिएर म टिप्पणी गर्दिनँ। मलाई पार्टीसँग सम्बन्धित कुनै कुरा लाग्यो भने मेरा दुई अध्यक्षसँग कुराकानी गर्छु। अनौपचारिक रुपमा कुरा राख्छु। औपचारिक रुपमा राख्नुपर्‍यो भने स्थायी कमिटीमा राख्छु। सार्वजनिक रुपमा राख्दिनँ। अध्यादेशको बारेको मेरो धारणा पनि दुवै अध्यक्षलाई थाहा छ। जे गरौँला स्थायी कमिटीमा गरौंला, मेरो मान्यता यही हो। सार्वजनिक रुपमा पार्टीलाई र सरकारलाई अप्ठ्यारो पार्ने अभिव्यक्ति हामी कसैले दिनुहुँदैन। यसमा म स्पष्ट छु।

स्थायी कमिटीको बैठक बोलाइएको छ। अन्तरसंघर्षलाई कम्युनिस्टहरुले स्वभाविक मान्छन्। स्थायी कमिटी कसरी अगाडि बढ्दा ठीक हुन्छ?
सचिवालयले सर्वसम्मत निर्णय गर्‍यो। उसले स्थायी कमिटी जाँदा हामी प्रतिवेदन लिएर जान्छौं। एकदिनअघि फेरि सचिवालयको बैठक बस्छौं भन्नुभएको छ। उसले एउटा प्रतिवेदन बोकेर स्थायी कमिटीमा उपस्थिति हुन्छ भन्ने मलाई विश्वास छ। त्यसैको आधारमा छलफल गर्छौं। हामी निर्धक्क आफूलाई लागेका कुराहरु राख्छौं। त्यसले जे निष्कर्ष निकाल्छ, त्यो पार्टी, देश र जनताको हितमा हुन्छ।

यतिबेला अन्तरसंघर्ष छताछुल्ल भएको छ। शीर्ष नेताले एकअर्काले हिलो छ्याप्ने काम गरिरहनुभएको छ। तपाईंहरुले त्यसलाई किन रोक्न नसक्नुभएको?
तपाईं आफैंले भन्नुभयो, किन नरोकेको? मेरो शीर्ष नेतालाई कसरी रोक्ने? उहाँहरुले भन्नुभएको  वा गर्नुभएको मलाई थाहा छैन। तर, तपाईंले भन्नुभएपछि त्यस्तै भयो कि के हो भन्ने लाग्छ मलाई। तर, त्यस्तो हुनुहुँदैन।

उदाहरणको लागि मैले केही कुरा पार्टी, नेता र सरकारको बारेमा सार्वजनिक रुपमा बोले भनें अहिलेको प्रविधिको युगमा इलामको निर्वाचन क्षेत्रमा पनि पुग्छ। त्यहाँका जनताले तेरो पार्टी यस्तो उस्तो भनेर मलाई सोधे भने के उत्तर दिने? हाम्रो पार्टी त जिवन्त पार्टी हो, हामी व्यापक छलफल गर्छौं। सार्वजनिक रुपमा मैले मेरो पार्टी र सरकारको विरुद्धमा आलोचना गरें भने मेरै विरुद्ध हुन्छ कि हुँदैन? मैले त्यो सोच्नुपर्छ।

तपाईं यो पार्टीमा हुनुहुन्छ। अरु पनि हुनुहुन्छ। जसले वैचारिक धरातलमा उभिएर कुरा गर्नुहुन्छ। तर अहिले वैचारिक संघर्षभन्दा पनि भागबण्डा र गुटको संघर्ष बढी चलिरहेको छ। यस्तो अवस्थामा त दुःख लाग्दो हो?
तपाईंले उठाउनुभएको विषय बेलाबेला उठ्ने गर्छ। यसतर्फ पार्टीको ध्यान जानुपर्छ। यसलाई उठ्न नसक्ने अवस्था सिर्जना गर्नुपर्छ भन्नेमा विवाद छैन।

पार्टी एक भएपछि विचारको संकट परेर पनि यस्तो अवस्था आएको हो कि?
अहिले त्यही टुंगोमा म पुगेको छैन। दुई उत्कर्षमा पुगेका कम्युनिस्ट पार्टीहरु विश्व नै छक्क पर्ने गरी एकता गरेर देखाए। अझै टुंगोमा पुग्न जरुरी छ। अहिले विभिन्न प्रश्न उठाउने बेला होइन। प्रश्नलाई सच्याउँदै अगाडि बढ्नुपर्छ। प्रश्न आउँदा दुःख लाग्छ तर करेक्सन गर्दै अघि बढ्नुपर्छ। 

कम्युनिस्ट पार्टीको सरकार पार्टीको नीति नियम अनुसार चल्नुपर्छ भन्ने छ। तर व्यक्तिले चलायो, पार्टीले चलाएन भन्ने छ?
यो छलफलको विषय हो। हाम्रो संविधान अनुसार संसदीय प्रणाली हो। संसदमा बहुमत प्राप्त संसदहरुको नेता प्रधानमन्त्री हुन्छ भनिएको छ। पार्टीको संसदीय दलको बहुमत प्राप्त नेता प्रधानमन्त्री हुन्छ। अन्य देशतिर के छ? कतिपय देशहरुमा चुनाबको बेला बाहेक अरु बेला पार्टीको नाम पनि सुनिँदैन। यो प्रणालीको कुराहरु गम्भीरतापूर्वक छलफल गरी निष्कर्षमा पुग्नुपर्छ। उत्ताउलो भएर होइन, संयमका साथ एउटा निष्कर्षमा पुग्ने रुपमा गम्भीरतापूर्वक छलफल गर्नुपर्छ।

शीर्ष नेताहरुबीच विवाद उत्कर्षमा पुग्यो। फेरि यहाँले आत्मआलोचना गरेर मिल्नुभयो भन्नुभयो। तर, बाहिर के छ भने तपाईंहरु चिनिया फ्याक्टरका कारण मिल्नुभयो। यस्तो एकता दीर्घकालसम्म जाला?
प्रविधिले विश्व साँघुरिएको छ। सानोसानो कुरामा पनि राजनीति मिसिन सक्छ। तपाईंले भन्नुभएको फिटिक्कै हैन। चिनियाले मात्र होइन, संसारभरकाले हाम्रा नेतालाई भेट्छन्। प्रक्रिया ठीक हो की होइन, विज्ञहरुले प्रश्न उठाएका छन्, ध्यान जान जरुरी छ। तपाईंले उठाएको प्रश्न जस्तो स्थिति हैन। हामीले जुन विषय छ, संयमतापूर्वक एउटा निष्कर्षमा पुग्नुपर्छ। हामी कसैले भनेको आधारमा चल्दैनौँ।

नेकपामा अन्तरविरोध चलिरहेको थियो। त्यही बेलामा चिनिया राजदूतले भेटेपछि मिल्नुभयो? 
‘हिजो राति चितुवा करायो, खोरमा बाख्रा हरायो’ भने जस्तै भयो। चिनिया राजदूत पहिले पनि सक्रिय नै हो। चीन र नेपालको सम्बन्धलाई उचाईमा पुर्‍याउन लाग्नुभएको हो। भारत अमेरिकाको राजदूतले भेटिरहनुभएको छ। उहाँहरुले भेट्नुभयो भन्दैमा हामी एउटा निष्कर्षमा पुग्नुहुँदैन। एउटा आधार बनाऔं, कोकोसँग भेट्ने। फलानोले भनेको आधारमा मिले नभनौँ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १५:२१
  • #नेकपा
  • #दल_फुटाउने_अध्यादेश
  • #स्थायी_कमिटी
  • #सुवास_नेम्वाङ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
पार्टी कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरू आइतबार, असोज ४, २०८३
रसुवा बाढीका बेपत्ताको अवस्था तत्काल यकिन गर्न रास्वपाको आग्रह आइतबार, असोज ४, २०८३
पार्टी, संसद् र सरकारबीच समन्वय बलियो बनाउन रविको निर्देशन आइतबार, असोज ४, २०८३
प्रविधि विस्तार मात्रै होइन, विपद्मा काम गर्ने डिजिटल प्रणाली चाहिन्छ : मन्त्री आइतबार, असोज ४, २०८३
बालकृष्ण खाँण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिए आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्