काठमाडौं– प्रदेश नम्बर २ का सरकारी कार्यालयहरुमा सबैभन्दा धेरै आर्थिक अनियमितता र अपारदर्शीता रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। प्रदेश नम्बर २ मा कुल खर्चको १३ प्रतिशत बेरुजु छ।
सबैभन्दा कम बेरुजु प्रदेश नम्बर ७ मा छ। जहाँ ३.७ प्रतिशत छ।
बिहिबार सार्वजनिक भएको प्रतिवेदनअनुसार प्रदेश नम्बर १ मा ५.६, ३ मा ११, ४ मा ५, ५ मा ६, ६ मा ६.७४ र ७ मा ३.७ प्रतिशत बेरुजु रहेको छ।
महालेखाले पहिलो प्रदेशका आधारमा बेरुजु निकालेको विवरण सार्वजनिक गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।