गाईघाट– शृंखलाबद्ध बम विस्फोटमा संलग्न भएको आरोपमा उदयपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। दुवैजना नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीले दाबी गरेको छ।
प्रहरीले ४० वर्षीय जनक श्रेष्ठलाई सदरमुकाम गाईघाट र ३५ वर्षीय पूर्ण तामाङलाई रामपुर क्षेत्रबाट पक्राउ गरेको हो। आइतबार त्रियुगा नगरपालिकाको चुहाडेस्थित क्रसर उद्योग र बुधबार गाईघाटको हवाई फिल्डमा बम विस्फोटमा दुवै जनाको संलग्नता रहेको प्रहरीको आरोप छ।
हवाई फिल्डमा भएको बम विस्फोटमा १४ वर्षीय बालक पारस राई गम्भीर घाइते भई विराटनगरमा उपचार भइरहेको छ।
पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि प्रहरी कार्यालय उदयपुरमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।