• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

लालवीरे दाइ र लाल कमरेड वामदेव

64x64
प्रकाश सुवेदी  सोमबार, वैशाख २२, २०७७  ०८:१७
1140x725

बेमौसमी बाजाको रुपमा आएको अध्यादेश प्रकरणले ८ वैशाखबाट सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुबीच राजनीतिक दूरी बढेको देखियो। ओली इतरका गुटहरुले उनको खुलेर विरोध गरेका थिए। प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल लगायतका शीर्ष नेताहरु ओलीलाई ठेगान लगाउने समय यही हो भन्दै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागिरहेको थिए। तर,  ओली र उनी निकटस्थ नेता कार्यकर्ताहरु राजीनामा नदिनका लागि प्रयास गरिरहेका थिए।

प्रचण्ड-माधव गठबन्धनलाई समर्थन गर्दै आएका थिए बामदेव गौतम। पदको लागि मरिहत्ते गर्ने उनी ओलीद्वारा प्रधानमन्त्री बनाइदिने गुलियो प्रस्तावले प्रफूल्लित भए। फुरुफुरु गर्दै रातारात गुट परिवर्तन गरी ओलीकै पक्षधर बने। आफ्नो स्वार्थ मिलेमा जतिबेला जुन गुटमा पनि लहसिन सक्ने उनलाई वैशाख २० को नेकपाको स्थायी समितिको बैठकले अनुकूल समय मिलाएर प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ।

बामदेवको साथले ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्षको कुर्सी तत्काललाई जोगिएको छ। तर, उनलाई प्रतिनिधिसभामा लैजानको लागि कुनै सांसदले आफूलाई आहुति दिनुपर्ने र सो स्थानमा बामदेवले चुनाव लडेर जित्नुपर्ने हुन्छ। विवादित छवि भएका र जनताबाट खासै नरुचाइएका व्यक्तिलाई फेरि जनताले स्वीकार्न मुश्किल छ। अर्कोतिर, आफ्नै पार्टीका व्यक्तिबाट फेरि पनि अन्तर्घात नहोला भन्न पनि सकिन्न।

पछिल्लो नेपाली राजनीतिका चतुर खेलाडी ओलीले आफ्नो हातबाट शक्ति र सत्ता दुबै फुत्किने अवस्था देखेपछि प्रचण्डलाई थामथुम र बामदेवलाई ललीपप देखाएर जोगाए। ओलीलाई हटाएर प्रधानमन्त्री बन्छु भन्ने लगभग निश्चिन्त बनेका माधव नेपालको सपना पनि बामदेवको अस्थिरताले पूरा हुन पाएन।

हुन त यो परिघटनाले ओलीको दम्भ पनि केही हदसम्म घटेको छ। बामदेवले ओलीको पद जोगाइदिएर सरकार, नेकपा र राष्ट्रलाई नै अस्थिर हुनबाट जोगाउन निर्णायक भूमिका खेले। आशा गरौं, पटकपटक आश्वाशन पाउँदै र ठगिंदै आएका बामदेवलाई यतिबेला ओलीले गुन तिर्नैपर्छ भन्ने सोच राखे भने उनलाई पनि केही त पक्कै हात लाग्ला।

बामदेव गौतमको अवस्था देख्दा मेरो गाउँका लालवीरे दाइको झल्को आउँछ। उनी किसानी काम गर्थे। हलो जोत्न र भारी बोक्न मात्र जान्ने उनी सोझा, इमानदार र कर्मठ मजदूर थिए। उनको दुर्भाग्य! उनी जवान हुँदै श्रीमतीले तीन सन्तान छाडेर अरुसँगै विवाह गरेर गइन्। यद्यपि, लालवीरे दाई कहिल्यै निराश देखिएनन्। पीडा भए पनि अनुहारमा कहिल्यै दुःखका बक्ररेखा नदेखाउने उनी रोमान्टिक र शारीरिक रुपमा हट्टाकट्टा देखिन्थे। उनको केबल एउटै चिन्ता थियो- कोही अर्की महिला पाए विवाह गर्ने र बाँकी जीवन उसैसँग बिताउने। पाउँदिन भन्ने लागेरै होला, अविवाहित महिलातिर उनले ध्यान दिएनन्। कोही एकल महिला उनको  खोजीमा थियो।

उनी साँच्चिकै अनुशासित र सभ्य थिए। त्यसैले उनीबाट महिलाले असुरक्षा महसुस गर्नुपरेन।

हामी केटाकेटीहरुले ‘चीराचीरा काँकरी चीरा, कसका छोरा हौ बाबु लालवीर’ भनेर गाउँथ्यौं। उनी नाच्थे। वास्तवमा त्यो गीत लालवीरे दाइलाई नै हाँसीमजाक गर्न भनी बनाएका थिए, बुढापाकाले। उनी खाना पनि बढी खान्थे। त्यसैले आजभोलि पनि गाउँमा धेरै नाच्ने हलुका स्वभावको मान्छे र धेरै खानेहरुलाई लालवीरे भनेर ठट्टा गरिन्छ। मानौं कि, लालवीरे आशक्तिको बिम्ब हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

पहिली श्रीमतिले अरुसँगै विवाह गरेपछि उनले थप दुई विवाह गरे। उनीहरुले फेरि अन्यसँगै विवाह गरे। उनीसँग लामो समय बसेनन्। दुई छोराहरुले विवाह गरे, विदेश गए, छोरीको पनि विवाह भयो।

उनी थप एक्ला भए। उमेर साठी कट्यो। उनलाई विवाहको रहर अझै मरेको थिएन। कोही मिल्दो महिला भेटिए विवाह गर्ने उनको चाह थियो। अझ बढ्दो थियो। उनको सोही चाहलाई बुझेर गाउँका बुढापाका, युवा र केटाकेटी समेत लालवीरे दाइलाई महिला खोजिदिने भन्दै आश्वासन दिन्थे र जिस्काउँथे। मैले पनि जिस्काएँ। तर उनी जिस्काएको र झुक्याएको पत्तो पाउँदैनथे। बानी परेरै होला, त्यसरी जिस्काउँदा र झुक्याउँदा पनि उनी रिसाउँदैनथे।

खासै कुनै अम्मल नभएका उनको साथमा केही पैसा जतिबेलै हुन्थ्यो। एकपटक त्यही पैसा गाउँका केही युवाहरुले उनलाई झुक्याइ आफूमध्येकै एक युवा युवतीजस्तो बनेर उनीसँग विवाहको नाटक समेत गरेछन्। रमाएका उनको खुसी केही बेर पनि टिकेन।

यतिबेला नेकपा उपाध्यक्ष बामदेव गौतमको अवस्था पनि उनै लालवीरे दाइको भन्दा कम छैन। फरक यत्ति हो, बामदेव बेलाबेला सत्ताको स्वाद पाएका सम्पन्न लाल कम्रेड। उनलाई ओलीले पार्टी महाधिवेशनमा आफूलाई सहयोग गरे निर्वाचन पश्चात् प्रधानमन्त्री बनेपछि एमालेको कार्यकारी अध्यक्ष दिने आश्वासन दिएका थिए। यसबीचमा ओली अध्यक्ष र प्रधानमन्त्री पनि भए उनलाई बाचा गरिएको पद हात लागेको छैन। त्यसको वैकल्पिक पद पनि पाएका छैनन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संसदीय चुनावमा नराम्रो हार भएपछि पनि उनलाई संसद र सत्तामा जाने हुटहुटीले छाडेको छैन। फलस्वरुप डोल्पा, काठमाडौं, कास्की र अन्य जिल्लाका निर्वाचन क्षेत्रबाट चुनाव लड्ने चेष्टा राखे। तर, उनको चाहना चाहनामै सिमित भइहेको छ। बरु सामाजिक सञ्जाल र मिडियामा उपहासको पात्र पनि बनिरहेका छन्।

प्रधानमन्त्रीबाट अध्यादेश जारी भएता पनि प्रतिपक्ष र सत्तापक्षकै तीव्र आलोचनापश्चात खारेज पनि भयो। अध्यादेश खारेज मात्र भएन ओलीले एकलौटी निर्णय गरी सरकार, नेकपा र लोकतन्त्रकै धज्जी उडाएको भन्दै दल र प्रधानमन्त्री दुवै पदबाट राजीनामा समेत मागियो। स्वयं बामदेव पनि राजीनामा माग्नेकै अग्रपंक्तिमा उभिए।

यतिबेला ओलीले बामदेवलाई आफूलाई सहयोग गरेमा संविधान संशोधन या कुनै क्षेत्रमा उपचुनाव नै गरेर भए पनि प्रधानमन्त्री बनाइदिने आश्वाशन दिएका छन्। पदका लालची र आफूलाई कसैले स्वार्थमा प्रयोग गरिरहेको हेक्का नपाउने बामदेव फेरि पनि ओलीको सारथी बने। उनले चाहे जस्तोगरी प्रधानमन्त्री बन्न सहज भने देखिंदैन। समकालीन नेताहरुको भनाई अनुसार, बामदेव नेपाली राजनीतिको लागि आवश्यक भएता पनि निर्णायक भूमिकामा पुर्‍याएर ‘फस्टम्यान’ बनाउन नहुने अस्थिर र अवसरवादी पात्र हुन्।

बामदेवमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै हाँक्ने क्षमता छ भनिंदै आएको भएता पनि अहिलेको समय उनको लागि अनुकूल छैन। जालझेल तथा अन्तर्घात गरेर हराइएको या आफ्नै कमजोरीले हारेको भएता पनि बर्दियाका जनताले दिएको मतलाई आत्मसात गर्दै आगामी चुनावको लागि आफूमा विद्यमान कमजोरीहरुलाई सच्याउँदै आफ्नो अनुकूल वातावरण बनाउनुमै कम्रेड बामदेवको कल्याण हुनेछ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  ०८:१७
  • #नेकपा
  • #दल_फुटाउने_अध्यादेश
  • #बामदेव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश सुवेदी 
लेखकबाट थप
लालवीरे दाइ र लाल कमरेड वामदेव
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
‘सारथी’ को प्रोमो सार्वजनिक मंगलबार, असोज २७, २०८३
प्रेस काउन्सिलका अध्यक्ष उमेशले छाेडे माइसंसारकाे सम्पादकीय नेतृत्व, लेखे भावुक स्टाटस मंगलबार, असोज २७, २०८३
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्