काठमाडौं– नेपाल नाई संघको सातौं राष्ट्रिय महाधिवेशनबाट राजाराम ठाकुर पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। बुधबार सम्पन्न महाधिवेशनले ठाकुरको नेतृत्वमा ३१ सदस्य कार्यसमति समेत निर्विरोध निर्वाचित गरेको छ।
ठाकुर संघको स्थापना कालदेखि नै अध्यक्ष रहँदै आएका छन्।
समितिको वरिष्ठ उपाध्यक्ष लाल बाबु ठाकुर, उपाध्यक्षमा महेन्द्र ठाकुर, महासचिवमा श्याम कुमार ठाकुर, उपमहासचिवमा धर्मेन्द्र ठाकुर, कोषाध्यक्षमा रामेश्वर ठाकुर, सदस्यहरुमा अशोक ठाकुर निर्वाचित भए।
काठमाडौंमा गत मंगलबारदेखि सुरु भएको अधिवेशनको कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छेदारले उद्घाटन गरेका थिए।
उद्घाटन सत्रमा अभिनेता राजेश हमाललाई विशेष आतिथ्यता प्रदान गरिएको थियो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै नायक हमालले आफुलाइ हिरो बनाउनेमा नाईको अहम भूमिका रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।